यायोक्खाद्वारा तीनै तहमा बजेट निर्माण प्रकृया बारे अन्तरक्रिया - Pahilo Online

यायोक्खाद्वारा तीनै तहमा बजेट निर्माण प्रकृया बारे अन्तरक्रिया

writer

पहिलो अनलाइन

 

मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शनिबार (जेठ २१) संघ, प्रदेश र स्थानीय तीनै तहमा हुने बजेट निर्माण प्रकृयाबारे अन्तरक्रिया कार्यक्रम भएको छ ।

भर्जुअल (जुम) मा भएको अन्तरक्रियामा नेपाल सरकारका उपसचिव खिलराज राई, अनिल किराती र कोपिला राईले सहजिकरण गरेका थिए । किरात राई कर्मचारी संघको अध्यक्ष समेत रहेका खिलराज राई राष्ट्रिय योजना आयोग, संघको महासचिव अनिल किराती उदयपुरको कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र संघको सचिवसमेत रहेका कोपिल राई १ नं. प्रदेशको योजना आयोगमा कार्यरत छन् । खिलराज राईले संघ, कोपिला राईले प्रदेश र अनिल किरातीले स्थानी तहमा निर्माणहुने बजेट र बजेट प्रकृया बारे पेपर प्रस्तुत गरेका थिए ।

बजेट बन्नु अघि नीति, नीति अनुसारको कानून, कानूनको आधारमा योजना, योजनाको आधारमा कार्यक्रम र कार्यक्रम सफल बनाउन बजेट निर्माण हुने सैद्धान्तिक बिषय बारे प्रस्तुत कर्ताहरुले जनाएका थिए । असारसम्म प्रस्तुत हुने बजेट निर्माण प्रकृया माघदेखि सुरु हुने भएकोले जेठको अन्त र असारतिर योजना लिएर जानुको कुनै अर्थ नहुने प्रस्तुत उपसचिवहरुको भनाइ थियो ।

बजेटभन्दा अघि दीर्घकालिन, अल्पकालिन, बार्षिक नीति, योजना निर्माण तथा पालिका स्तरसम्म कानून निर्माणमा जोड गर्नुपर्ने बताइएको थियो । नेपालमा बजेट तर्जुमाको आधारहरु, बजेटको प्रकार, बजेट तर्जुमाको प्रकृया र कहिले, कुन प्रकारको र कहाँ, कहाँ योजना पेस गर्ने बारे उपसचिव त्रयले सहभागीहरुलाई जानकारी गराएका थिए । किरात राई यायोक्खा कार्यबाहक अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खा केन्द्रीय पदाधिकारी सदस्यहरु, विदेश शाखा, भातृ, भाषिक, जिल्ला र स्थानीय तहसम्मका करिब ७० जना नेता कार्यकर्ताहरु अन्तरक्रियामा सहभागि रहेका थिए ।

अन्तरक्रिया कार्यक्रम राजनीतिक, सामाजिक ब्यक्तिहरु, नव निर्वाचित जनप्रतिनिधिहरुको लागि लाभदायक र प्रभावकारी भएको यायोक्खा महासचिव जनक राईको प्रतिकृया थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes