दुर्व्यसनी मुक्त वडा बनाउने बराइलीको प्रतिबद्धता - Pahilo Online

दुर्व्यसनी मुक्त वडा बनाउने बराइलीको प्रतिबद्धता

writer

पहिलो अनलाइन

 

बैशाख ३० गते (२०७९) स्थानी तहको निर्वाचनमा मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा अध्यक्षको उमेद्वार हुन अम्बर बहारदुर बराइली ।

बुवा भक्तबहादुर बराइली र आमा गंगामाया बराइलीको कोखबाट २०२९ सालमा संखुवासभाको साबिक खराङ ९ मा जन्मिएका हुन् अम्बर बराइली ।

जनयुद्ध चलिरहेको बेला २०५६ मा राजधानी काठमाडौमा बस्दा कलंकीमा माओवादीको सम्पर्क भयो । त्यही बेलादेखि माओवादी पार्टीमा आबद्ध अम्बर बराइली २०५७ सालमा माओवादी पार्टीको वडा सह सेक्रेटरी भएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १००८ (अत्याधिक) मत ल्याएर वडा पालिका सदस्य जितेका अम्बरबहादुर बराइली यो पटक वडा अध्यक्ष जित्ने दाबी गर्छन । पाँच बर्षमा भूकम्प, बाढी पीडितहरुको उद्धार, सहयोगको साथै दुब्यासन मुक्त बनाउन युवाहरुसँग पर्याप्त काम गरेका छन् । इमान्दार र काममा बिस्वास गर्ने बराइली यो पटक बिजय हासिल गरेर वडामा बाँकी रहेका कामहरु गर्ने बताउदै आएका छन् ।
पारिवारिक पृष्ठभूमि चिरपरिचित राजनीतिज्ञको रुपमा नभए पनि जुझारु स्वभावका बराइली बयस्कउमेरमा राजनीति तर्फ आकर्षित भएका हुन् ।

सामाजिक क्षेत्रमा सक्रिय
आफ्नो पार्टीगत जीवन सँगै सामाजिक क्षेत्रमा पनि बराइलीको उत्तिकै संलग्नता छ । विभिन्न संघ संस्थामा रहेर समाज सेवा गरिरहेका छन् । सामाजिक हिसावले बिश्वकर्मा समाज, बिभिन्न सहकारी संस्थामा काम गरेका बराइली ४ नं. वडामा पार्टी भित्र लोकप्रिय छन् । हाल पार्टी सम्बद्ध सुकुम्बासी संगठन अखिल नेपाल सुकुम्बासी संघको मोरङ जिल्ला अध्यक्ष छन् अम्बर बराइली ।
चन्द्रमा युवा तथा बाल क्लबको सलाहकार छन् । यसका साथै अन्य सामाजिक, परोपकारी संघ संस्थाको विभिन्न पदमा रहेर सेवा गरिसकेका छन् ।

८० प्रतिशत प्रतिबद्धता पूरा
२०७४ सालको स्थानीय तह निर्वाचनबाट बराइली पथरीशनिश्चरे वडा नं. ४ को खुल्ला वडा सदस्यमा निर्वाचित भए । निर्वाचित भएपछि वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको नेतृत्वमा निर्बाचनताका जनतामाझ प्रतिबद्धता गरेका घोषणा पत्र अनुसार वडामा ८० प्रतिशत काम पूरा गरेको उनको दावी छ । उनै बराइली आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका छन् ।
पाँच वर्ष जनप्रतिनिधिका रुपमा काम गरेको अनुभब बटुलेका उनले वडाध्यक्षमा विजयी भए समृद्ध वडा बनाउने बताउँछन् । ‘कसरी काम गर्नुपर्छ भनेर मैले ५ वर्ष अनुभव बटुले, हाम्रो कार्यकालमा धेरै काम गरेका छौं’– बराइलीले भने ‘वडा नं. ४ को हरेक ठाउँमा बाइक कुद्न गाह्रो हुन्थ्यो अहिले चार चक्के गाडी लिएर हरेक ठाउँमा पुग्न सकिन्छ । अब मलाई वडाध्यक्षमा विजयी गराए समृद्ध वडा बनाएरै छाड्छु ।’

दुर्व्यसनी मुक्त वडा बनाउँछु
बराइलीको चुनाबी एजेण्डा दुब्र्यासनी मुक्त वडा बनाउने छ । पछिल्लो समय युवा पुस्ताहरु लागुऔषध, कुलतमा फसेका कारण समाजमा विकृति फैलिएको र परिवारमा विचलन आएको बुझाई उनको छ ।
दुव्र्यसनिकै कारण समाजमा अपराधीक घटना बढिरहेको र परिवारमा पनि झै–झगडा भइरहने भएकोले त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बराइलीको ठम्याई छ । उनी भन्छन्–‘राजनीतिक संरक्षणका कारण पनि लागुऔषध प्रयोगकर्ता बढेका छन्, कतिपय अवस्थामा ठाना–चौकी नगइदिए राजनीतिक मुद्दा बनाउने प्रचलन बढेको छ, यसलाई जुनसुकै हालतमा नियन्त्रण गर्न आवश्यक छ ।’

खानेपानी समस्याको दिर्घकालिन समाधान
पथरीशनिश्चरे वडा नं. ४ मा वर्षाैदेखि खानेपानीको समस्या यथावत छ । यसलाई दिर्घकालिन रुपमा समाधान गर्न जरुरी छ । गाउँघरका ट्युबवेलमा पर्याप्त पानी नभएकै कारण खानेपानीको समस्या भएको हो । बराइलीले ठूलो ट्याङ्की बनाउने र वडाका सबै टोलमा पानी वितरण गर्ने योजना छ । त्यसका साथै वडाकार्यालय दक्षिणमा रहेको खानेपानी ट्यांकीको पानी वितरण भएपछि केही मात्रामा खानेपानी समस्याको समाधान हुने उनले बताए ।

उत्पादनमा जोड दिइने
अब आधुनिक प्रविधिबाट कृषि गर्न आवश्यक रहेको भन्दै उत्पादनमा अनुदान दिनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । वडा नं. ४ मा तरकारी खेती, दुग्ध व्यवसाय र मासुजन्य उत्पादनको भविष्य राम्रो रहेको उनले बताए । ‘हामीले यसलाई प्रोत्साहन गर्न आवश्यक छ’– बराइलीले भने ‘मेरो कार्यकालमा अहिलेको उत्पादन क्षमतालाई ५ गुणा बढी गर्ने लक्ष्य छ ।’ त्यस्तै किसानको उत्पादनले लागत उठाउन नसक्ने स्थिति भएकाले वडाले आफ्नै विक्री केन्द्र स्थापना गरेर कृषी उत्पादनको उपर्युक्त मूल्य दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes