जनकल्याणद्वारा वार्षिक नतिजा सार्वजनिक एवं पुरस्कार वितरण - Pahilo Online

जनकल्याणद्वारा वार्षिक नतिजा सार्वजनिक एवं पुरस्कार वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–४ स्थित जनकल्याण आधारभुत विद्यालयले वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७८÷०७९ मा सञ्चालित वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजयी हुने विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरेको छ ।

अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, गायन, नृत्य, हिज्जे प्रतियोगिता लगायतमा विजयी हुने प्रतिस्पर्धीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षक पिताम्बर घिमिरेले यसैवर्षबाट नतिजा प्रकाशनमा अक्षरांकन पद्दती शुरु गरेको जानकारी दिंदै विद्यालयमा देखिएका कमिकमजोरीहरु अभिभावकहरुलाई औंलाउन आग्रह गरे ।

सो अवसरमा वर्षभरीको विद्यालय प्रथम हुने कक्षा नर्सरीका नुयाङ राई, द्वितीय रोशनी कटुवाल, तृतीय सुप्रिया राई भएका छन् । यस्तै, वर्षभरी नियमित विद्यालय आउने डुकर्ण खाती र टिकाराज भुजेल, सरसफाईमा उत्कृष्ट उर्मिला मगर, वर्षकै अनुशासीत विद्यार्थी सुप्रिया राई भएका छन् । नियमित विद्यालय आइ आफ्नो बच्चाको बारेमा जानकारी लिने मध्ये उत्कृष्ट अभिभावक गुम्बबहादुर बर्देवा, विद्यालयप्रति सकारात्मक सोंच राख्ने विमल दाहाललगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा भागिरथ माविका प्रधानअध्यापक जानकी चेम्जोङ, जनकल्याणका प्रधानअध्यापक आनन्द घिमिरे, अभिभावकको तर्फबाट सवनम राई, विद्यार्थीको तर्फबाट पुजन ढकालले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुबकुमार बराईलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरुले विजयी विद्यार्थीहरुलाई क्रमशः प्रमाणपत्र, टीका तथा पुरस्कार प्रदान गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त कृयाकलाप संयोजक शिक्षक रामकुमारी राईले गरेकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes