कामले लोकप्रिय बनेका लिम्बुको घरदैलो अभियानमा मतदाताको उत्साह - Pahilo Online

कामले लोकप्रिय बनेका लिम्बुको घरदैलो अभियानमा मतदाताको उत्साह

writer

पहिलो अनलाइन

शनिश्चरे । आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा युवा उम्मेदवार बढी देखिएका छन् । पार्टीको वडादेखि जिल्लासम्म आफ्नो पहुँच स्थापित गर्न लागेका युवाहरु वडादेखि नगर प्रमुखसम्म हाबी भएका हुन् ।

त्यही लाइनमा छन् पथरीशनिश्चरे–७ का युवा मोहन लिम्बू । उनी तीन दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बनेका हुन् । मोहनको घरदैलो अभियानमा जनलहर देखिएको छ । विपक्षी दलका युवादेखि वृद्धहरु समेत मोहनको लागि भोट माग्न व्यस्त देखिन्छन् । ‘नयाँ भिजन बोकेका यूवाहरुको हातमा वडा भए दिगो विकासको सपना पूरा हुने विश्वास छ’– स्थानीय ओमप्रसाद राई भन्छन् ‘युवाले जितेमा विगतभन्दा जनतालाई आभास हुने गरी काम गरेर देखाउछन् भन्ने लागेको छ ।’

घर दैलो अभियानका क्रममा मतदाताहरुले आफ्नो सामाजिक कामको प्रशंसा गदै भोट खसाल्न आतुर रहेको बताएको लिम्बूले बताए । उनले भने ‘भोट माग्न नआउँदा पनि हामी दिन्छौं ढुक्क हुनुस् हामीलाई तपाई जस्तो नेताको खाँचो छ भनेका छन् ।’
सानै उमेरमा सामाजिक काम गरी परिचय बनाएका लिम्बू जनताका हरेक दुःख सुखमा संगसंगै हुने गर्दछन् । बाढी पिडितलाई राहत वितरणमा होस् या आगलागी पिडित वा कोरोनाको महामारीका बेला उनी हरपल जनताका दुःखमा मल्हमपट्टि गर्दै गरेका भेटिन्थे ।


२०४४ जेठ ३ गते जन्मिएर स्नातक तहसम्म अध्ययन गरेका लिम्बूले सानो उमेरमै विभिन्न आधादर्जन देशको भ्रमण समेत गरेका छन् । उनले जापान, अष्ट्रेलिया, कोरिया, हङकङलगायतका देशको भ्रमण गरिसकेको बताए ।
लिम्बूले आफु वडाध्यक्ष भएपछि समाजलाई दुव्र्यसन मुक्त बनाउने, वडाकका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य वीमा गरिदिने, हरेक वर्ष सय जनालाई प्राविधिक तालिम दिएर स्वरोजगार बनाउने, प्रशासनमा छिटो छरितो सेवा दिने प्रतिबद्धता गरेका छन् । ‘आजको युवा आवाज, दुव्र्यसन मुक्त हाम्रो समाज’, भन्ने उद्देश्यसहित युवालाई कुलतबाट बचाउन रोजगारी सिर्जना गरिने छ’– लिम्बूले भने ‘समाज निर्माण युवाको हातमा भएकोले समाजका विसंगति हटाई दुव्र्यसन मुक्त समाज निर्माण गर्ने मेरो लक्ष छ ।’

यसैगरी, वडाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरूलाई क्रमैसँग प्राविधिक धारको शिक्षा प्रदान गरी शैक्षिक हबको रुपमा विकास गर्दै लाने योजना रहेको उनले सुनाए । ‘सम्पूर्ण वडावासी कृषकहरुको जग्गाको कृषि प्राविधिकद्वारा माटो परिक्षण गराई व्यवसायिक रुपमा बालि बिरुवा लगाउन प्रोत्साहन गरिने छ’– लिम्बूले भने ‘कृषकहरूका लागि निःशुल्क कृषि प्राविधिक सेवाको व्यवस्था गरिने छ ।’

लिम्बूको प्रतिबद्धता पत्रमा निम्न कुराहरु उल्लेख गरिएको छः
—स्थानिय कला, संस्कृति तथा भाषा संरक्षणका क्षेत्रमा विशेष ध्यान पु¥याइने ।
—वडाभित्र रहेका मठमन्दिर, गुम्बा, चर्च, माङ्हिम जस्ता धार्मिक संस्थाहरूको संरक्षण तथा प्रबद्र्धन गरिने ।
—वडाभित्र एक सुविधा सम्पन्न खेलकुद रंगशालाको निर्माण गरिने । खेलाडीहरुलाई वडामै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने ।

—वडाका सबै टोलहरुमा स्वच्छ तथा शुद्घ खानेपानी वितरणको व्यवस्था मिलाइने ।
—भूमि आयोग मार्फत् वडाभित्रका सुकुम्बासी समस्या यथासिघ्र समाधान गरिने ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes