माओवादी सुन्दरहरैंचाद्वारा घोषणापत्र सार्वजनिक - Pahilo Online

माओवादी सुन्दरहरैंचाद्वारा घोषणापत्र सार्वजनिक

writer

विपुल सुवेदी

विराटचोक । सुन्दरहरैँचा आसन्न निर्वाचनका लागि सुन्दरगरैंचा नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट आफ्नो घोषणा पत्र सार्बजनिक गरिएको छ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उपमेयर पदका प्रत्यासी उम्मेदवार नवराज चापागाईंले आफ्नो प्रतिबद्धता समेत जाहेर गरे।

सुन्दरहरैंचा नगरपालिकाका सबै सडकलाई जोड्ने लिंक निर्माणगर्ने , भष्ट्राचार मुक्त गरी सुशासनको प्र्याभुती दिन, शिक्षा स्वास्थ्य, कृषि उधोग र रोजगार क्षेत्रमा आधुनिकीकरण गरी गुणस्तरीय, उत्पादनमुलक र ब्यबसायिक बिकास गर्न प्रतिबद्धता गरेका हुन्।

घोषणा पत्रमा बृद्ध ब्रिद्धाका लागि निशुल्क स्वास्थ्य ब्यबस्था, एक घर एक रोजगार कार्यक्रम मार्फत बेरोजगारी समस्या हाल गर्ने घोषणा पत्रमा उलेख छ। उक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगरमा गठबन्धन भएपनी वडामा गठबन्धन छिट्टै नै हुने गरि अघि बढ्ने नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य गोपी अछामीले बताए। चुनावी माहोल तातिदै गर्दा गठबन्धनलाई मजबुत बनाउदै लाने धारणा राखे।

नेकपा माओवादी र नेपाली कांग्रेसले छुट्टाछुट्टै घोषणा पत्र जारी गरेका छन भने चुनाबी अभियानमा संयुक्त रुपमा घरदैलो कार्यक्रम र कोण सभा गर्दै छन।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes