मंगोल नेसनल अर्गनाइजेसनको चुनावी कार्यक्रम - Pahilo Online

मंगोल नेसनल अर्गनाइजेसनको चुनावी कार्यक्रम

writer

पहिलो अनलाइन

शनिश्चरे । चुनाव चिन्ह कुखुराको भाले पाएको मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) ले आफ्नो चुनावी प्रचार कार्यक्रमलाई तिव्रता दिएको छ । आसन्न वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे वडा नं. ४ मा वडाध्यक्षका उम्मेदवारसहित वडा सदस्यहरुको टोलीले वडाका टोल–टोलमा पुगेर भोट मागिरहेका छन् ।


‘२१औं शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हो’ भन्ने मुल नाराका साथ लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको लागि आफुहरु चुनावी मैदानमा आएको ४ नं. वडाध्यक्षका उम्मेदवार उमेश चाम्लिङले बताए । वडा सदस्यका उम्मेदवारहरु गंगा तामाङ, नरबहादुर याम्फु, दलित महिला सदस्य तुलसा सार्की र खुल्ला महिला सदस्यमा शान्ता चौधरीसहित पार्टीका उपल्लो कमिटिका नेता कार्यकर्ताहरु दैनिकरुपमा घरदैलो कार्यक्रममा सहभागि भइरहेको उनले जानकारी दिए । वडाध्यक्षका उम्मेदवार उमेश चाम्लिङले भने –‘हामी इसाइ धर्मका प्रचारक होइनौं, हामी धर्मनिरपेक्षताका पक्षमापाती हौं । र, सबै धर्म र समुदाय मान्ने मानिसहरुसँग सद्भावको पक्षमा रहेर पार्टी सञ्चालन गर्दै आएका छौं ।’

स्व. डा. गोपाल गुरुङले पञ्चायतकालमै स्थापना गरेको पार्टी मंगलो नेशनल अर्गनाइजेसन (एमएनओ) हाल गोपाल गुरुङको निधनपछि यो पार्टीको केन्द्रीय अध्यक्षमा बुद्धलाल मेचे कार्यरत छन् ।

कुखुराको भाले चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिँदै आएको एमएनओका गोपाल गुरुङ आफूलाई गौतमवुद्धबाट अभिप्रेरित बताउँथे । तर, आफ्नो पार्टी गैरहिन्दु मूलवासी मंगोलहरुको पार्टी हो भन्ने उनको नीति थियो र उनले पार्टीको सिद्धान्तका रुपमा गणतन्त्र, संघीयता र धर्मनरपेक्षतालाई मान्दै आएका थिए ।
मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्रमा निम्न कुराहरु समावेश गरेका छन्ः

१. वैज्ञानिक वा मौलिक शिक्षा तथा प्राविधिक शिक्षामा जोड दिइने छ ।

२. बाटो, पुल, सडक, यातायात, सञ्चार, विजुली, पानी, ढल, पैनी र यस्तै आवश्यक विकास निर्माणका कुरामा विशेष जोड दिइने छ ।

३. कृषी र कृषकलाई विशेष प्राथमिकता दिइने छ साथै उत्पादित वस्तुका लागि बजार व्यवस्थापनमा पहल गरिने छ ।

४. भूमिहिन सुकुम्बासी तथा जोखिमपूर्ण अव्यवस्थित बसोबासी जनताको सुरक्षित बसोबास र भूमिको मालिक बनाउने कुरामा सारा शक्ति लगाइने छ ।

५. हरेक समुदायको भाषा, संस्कृति र धर्म परम्परा प्रति समान व्यवहार गर्दै संरक्षण तथा सम्बद्र्धन गर्न पहल गरिने छ ।

६. अति विपन्न तथा गरिव अशक्त, अपाङ्गता, जेष्ठ नागरिक, प्रतिभाशाली निम्न स्तर जनताको जीवनस्तर उकास्न र सहज बनाउन विशेष प्याकेजको व्यवस्था ल्याइनेछ ।

७. वातावरण र पर्यावरण सम्बन्धि नीति तथा कार्यक्रम लागु गरिने छ ।

८. शिक्षा, स्वास्थ्य, रोजगारी तथा खेलकुदलाई केन्द्रविन्दुका रुपमा लिई कार्य योजना बनाईने छ ।

९. विविध विकास निर्माणका कामहरुमा विचौलिया (दलाली) प्रथा हटाई सिधा उपभोक्ता वा जनतासंग जोडिइनेछ ।

१०. पर्यटकीय क्षेत्रहरुलाई अझ पृथक ढंगले स्तरोन्नती गर्ने र सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी मुल योजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।

११. दक्ष लोकशक्ति उत्पादन गर्नुका साथै थप आर्थिक लाभ लिन सकिने सम्भाव्य आयश्रोतहरुको खोजी गरिनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes