दमक ९ को वडा हाक्ने तयारीमा कुबेर भट्टराई - Pahilo Online

दमक ९ को वडा हाक्ने तयारीमा कुबेर भट्टराई

writer

पहिलो अनलाइन

दमक । स्वास्थ्यकर्मीका रुपमा दमक नगरपालिकामा काम गरेका कुवेर भट्टराई दमक ९ को नेतृत्व लिने तयारीमा छन् । १६ वर्ष स्वास्थ्यकर्मीका रुपमा दमक नगरपालिकामा काम गरेका उनी नेकपा एमालेका तर्फबाट दमक ९ का वडा अध्यक्षका उम्मेद्वार छन् ।

कोरोना संक्रमणको त्रासले मानिस घर भित्रै थिए । सडक बजार सबै बन्द थियो । दमक सुनसान थियो । तर कुवेर भने नागरिकको जिवन रक्षाका लागि अहोरात्र खटिए । संक्रमितको पहिचान, क्वारेन्टाइन व्यवस्थापन र कोभिड उपचारमा निरन्तर सक्रिय बने । अवस्था यस्तो सम्म भयो, कि कति रात कुवेर घर सम्म बसेनन् । संक्रमितलाई सुझाव सल्लाह, परामर्श, गम्भीर बिरामीको उपचारमा सहजीकरण र कोभिड उपचारमा लागि रहे । स्वास्थ्यमा स्नातकोत्तर सम्म अध्ययन गरेका उनी यस पटक नागरिकलाई घरसम्मै सरकार पुर्याउने जिम्मेवारी बोक्ने तयारीमा छन् । उनले भने, नागरिकको अथाह माया, नेकपा एमाले प्रतिको विश्वासले यस पटक हामी अत्याधिक मतान्तरमा बिजयी हुदैछौ ।


दमकमा एमालेको नेतृत्व भएपछी शुरु भएका विकासका योजनाको निरन्तरता, नागरिकको घर सम्मै सेवा पुर्याउने अभियानमा कुवेर उनका सूर्य चिन्हका उम्मेद्वार सहित अहिले घरदैलोमा छन् । स्वास्थ्य क्षेत्रमा लामो अनुभव सगालेका उनले नागरिकलाई सहजै स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका छन् । शहरी स्वास्थ्य केन्द्रको स्तरउन्नती, निशुल्क स्वास्थ्य बिमा, पाठेघर र स्तन क्यान्सरका बिरामीको निशुल्क परिक्षणको व्यवस्था गरिने उनले जनाएका छन् । ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

रोजगारी, नदी नियन्त्रण सँगै सडक पूर्वाधार विकासका लागि काम गर्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । दमकको गौरवका रुपमा रहेको दमक बहुमुखी क्याम्पसको पूर्वाधार, शैक्षिक विकास गर्दै नमुना क्याम्पसका रुपमा विकास गर्ने उनको समूहको तयारी छ । यस्तै विपन्न नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउनका लागि काम गर्ने भट्टराईले उल्लेख गरेका छन् । विपन्न र भूमिहिनलाई आवासको व्यवस्थापन उनको अर्को लक्ष्य छ ।

मतदातासँग घर दैलोमा पुग्दा उनले भनेका छन्, गरिबीका कारण कसैले स्वास्थ्य र शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था आउने छैन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes