गठबन्धनको घरदैलो कार्यक्रममा उल्लासमय जनसहभागिता - Pahilo Online

गठबन्धनको घरदैलो कार्यक्रममा उल्लासमय जनसहभागिता

writer

पहिलो अनलाइन

पथरी । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पथरीशनिश्चरेमा तीन दलीय गठबन्धनका उम्मेदवारले सञ्चालन गरेको घरदैलो अभियानमा जनसहभागिता उत्साहजन देखिएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका उम्मेदवारहरुले भोट माग्न सुरु गरेको घरदैलो अभियानमा व्यापक जनसहभागिता भएको हो ।

पथरीशनिश्चरे नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार दिननाथ तिम्सिना र उपप्रमुखका उम्मेदवार विन्दु राईले पार्टीका नेता, वडाध्यक्ष र सदस्यका उम्मेदवारसहित वडा–वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।


‘यहाँ वडा–वडामा संयुक्त सम्र्पक कार्यालय स्थापना गरी चुनावी गतिविधि भइरहेको छ’– नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष एवं चुनाव प्रचार प्रसार कमिटी संयोजक चेतन दाहालले भने । उनले घरदैलो तथा चुनावी कार्यक्रममा तीनवटै दलका केन्द्रीय नेताको पनि उपस्थिति भइरहेको बताए । पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा लागेका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो छलफल गरिरहेको उनको भनाइ छ । पथरीशनिश्चरेका १० वटै वडामा घरदैलो अभियान सञ्चालन भएको दाहालले जानकारी दिए ।


कार्यक्रमा शुभकामना व्यक्त गर्ने, माला र फुलले स्वागत गर्ने लगायत आर्शिवाद दिने काम भने खुबै भएको थियो । घरदैलो कार्यक्रम उत्साहपूर्ण रहेको ९ नं। वडाध्यक्ष पदका उम्मेदवार गोविन्द कटुवालले बताए । उनले भने, ‘कुनै जात्रा र पर्व भन्दा कम्तिको भने कार्यक्रम भएको थिएन । आफूले बनाएको योजना साकार पार्ने नाराका साथ घरदैलोमा सहभागिता जनाएका थियौँ ।’


आज आइतबार पथरीशनिश्चरे वडा नं। ९ का शनिश्चरे बजार, पिपलचोक, ढुंगेलचोक, कुशे, मगरटोललगायतका स्थानमा आफूहरुले भोट माग्ने काम सम्पन्न गरिसकेको माओवादी केन्द्र केन्द्रीय सदस्य गिता तिम्सिनाले जानकारी दिइन् । सो घरदैलोमा नेताहरुले शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, वातावरण आदिलाई प्रोत्साहन गरिने प्रतिवद्र्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय सदस्य गिता तिम्सिना, प्रदेश कमिटी सदस्य एवं संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर, रञ्जु कटुवाल, जिल्ला सदस्य बालकुमार मगर, नेत्र पोखरेललगायतको सहभागिता रहेको थियो । यसैगरी, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य टंक भण्डारी, पथरीशनिश्चरे नगर अध्यक्ष तुलसी ढकाललगायतको उपस्थिति रहेको थियो ।

यस्तै, पथरीशनिश्चरे संयुक्त गठबन्धनबाट वडा नम्बर ६ को अध्यक्षमा उम्मेदवारी दिएका कमल कटुवालले घरदैलो कार्यक्रम गरेका छन् । यसअघि राजनीति संगै शिक्षण पेशामा सक्रिय नेता कटुवाललले सामाजिक संघ संस्थामा समेत काम गरि अनुभव बटुलिसकेका छन् ।

चुनवाी अभियान आरम्भ गर्दै कटुवालले आफूले शिक्षण पेशामा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गरे । यूवा देखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रुपमा विकास गर्न आफू तयार रहेको उनले बताए ।यसैगरी, पथरीशनिश्चरेका अन्य सबै वडाहरुमा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको प्रचार प्रसार कमिटी संयोजक दाहालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes