‘महत्वकांक्षी गफ होइन, साना कामबाट हामी परिवर्तनको सुरुवात गर्छौं’ - Pahilo Online

‘महत्वकांक्षी गफ होइन, साना कामबाट हामी परिवर्तनको सुरुवात गर्छौं’

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे नगर प्रमुख पदका उम्मेद्वार तिम्सिना

पूर्वोत्तर मोरङमा परिचत नाम हो दिननाथ तिम्सिना (डीएन) । पथरीशनिश्चरेमा राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा तिम्सिना परिचित छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा माओबदी केन्द्र पथरीशनिश्चरेले नगर प्रमुख पदमा तिम्सिनालाई उम्मेद्वार बनाएको छ । पथरीशनिश्चरेको माटोमा राम्रो संग परिचित तिम्सिना सामाजिक क्षेत्रमा पनि लामो समयदेखि सक्रिय छन् ।

पथरीशनिश्चरेको राजनीति, सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा तिम्सिनाले बिभिन्न तवरले योगदान पु¥र्याएका छन् । पथरीशनिश्चरेका सबै खाले समस्याहरुको बारेमा उनि परिचित छन् । पथरीशनिश्चरे १ मा स्थायी बसोबास गर्दै आएका तिम्सिनाको औपचारिक शिक्षा भनें हालको कानेपोखरी गाउंपालिकास्थित जनसेवा माविबाट सुरु भएको हो । उनले सएलसी सम्मको अध्ययन राधिका मावि उर्लाबारीबाट पुरा गरे भने उच्च शिक्षा आईकम सम्मको अध्ययन शंकरदेव क्याम्पस काठमाडौंबाट पुरा गरेका हुन् ।

वि.सं. २०४८ देखि स्थायी शिक्षक भई विभिन्न विद्यालयमा अध्यापन गराउंदै साविक शनिश्चरे गाविसको जनकल्याण प्रा.वि.मा प्रधानअध्यापकको जिम्मेवारी समेत सम्हाली सकेका छन् । तिम्सिनाले शिक्षण पेशालाई निरन्तरता दिंदै २०७८ पुसदेखि अवकाश प्राप्त जीवनसंगै सामाजिक र राजनीतिक क्षेत्रमा योगदान गरिरहेका छन् ।
तिम्सिनाले स्थानीय तिरुपती सहकारीको संस्थापक सचिव, नर्वदेश्वर महादेव मन्दिरको सल्लाहकार, पथरी बहुमुखी क्याम्पसको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको जिल्ला सदस्य, पूर्वाञ्चल ब्लड बैंकको अध्यक्षसंगै अन्य दुई दर्जनबढी सामाजिक संघ संस्थाहरुको सफल नेतृत्व गरी सकेका छन् ।
डीएन तिम्सिनाले माओवादी जनयुद्धताका पथरी नागरिक समाजको सचिव भई द्वन्द्वरत पक्ष र नागरिकसंगको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भुमिका समेत खेलेका थिए । यस्तै डीएन तिम्सिना नेकपा माओबादीको बुद्धिजीवि संगठनको सदस्य हुदै राजनीतिमा प्रवेश गरेका हुन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको मेची–कोसी सचिव, कोचिलाको ईञ्चार्ज, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष भई कार्य गरिसकेका डीएन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको उप–महासचिवको जिम्मेवारी समेत सम्हाली रहेका छन् ।

देशको राजनीतिक परिवर्तनका लागि, २०६२÷०६३ को आन्दोलनमा तिम्सिनाको सक्रीयता निक्कै अग्रपंत्तीमा थियो । तिम्सीनाले अग्रमोर्चामा रहेर परिवर्तनको पक्षमा आवाज उठाउँदै अघि बढेका थिए । माओवादी केन्द्र पथरीशनिश्चरेको ईञ्चार्ज, जिल्ला सचिवालय सदस्य हुंदै प्रदेश नं. १ को सदस्य रही राजनीतिमा होमिएका छन् ।

सामजिक क्षेत्रमा हुने बिभिन्न प्रकारका कार्यक्रमहरुमा तिम्सिना पुगेकै हुन्छन् । भुकम्प पिडित होस् या बाढी पिडित राहत बोकेर मानवीय सहयोग गर्न अघि सर्ने तिम्सिना पथरीशनिश्चरे क्षेत्रमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

कुनै पदमा मोह नराख्ने डीएन तिम्सीना निडर हाक्की स्वभाब भएका छन् । ‘हामीले व्यवस्था बदल्यौं, अब जनताको अबस्था बदल्छौं’ उनले भने ‘पूरा गर्नै नसक्ने महत्वकांक्षी गफ होइन, गर्नैपर्ने साना कामबाट हामी परिवर्तनको सुरुवात गर्छौं ।’

देशैभर सत्ता गठबन्धनबीच चुनावी तालमेल भईरहंदा पथरीशनिश्चरेमा चाहीं तीन दलका तर्फबाट उनलाई साझा उम्मेदवारका रुपमा उभ्याइएको छ । उनलाई पथरीशनिश्चरे नगरपालिकाको प्रमुख पदका लागि माओवादी केन्द्र, जनता समाजवादी पाटी र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उम्मेवादर बनाइएको छ ।

‘अब नगरवासीलाई नै परिवार सम्झेर मेरो राजनीतिक र सामाजिक जीवन बित्छ’– तिम्सिनाले भने ‘वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न म हरपल प्रयास गर्ने छु ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes