पथरीशनिश्चरे / पथरी शनिश्चरे नगरपालिकामा स्थानिय तहको निर्वाचनको लागि ३ दलीय गठबन्धनको सम्पर्क कार्यलय उद्धाटन भएको छ। नेकपा-माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त गठबन्धनको साझा सम्पर्क कार्यालय बनाएको हो।
बुधबार विहान गठबन्धनले पथरीशनिश्चरे वडा नं-१ को सुनाखरी चोक स्थित नमुना चर्च छेउमा स्थापना गरेको छ। पथरीशनिश्चरे नगरमा समेत प्रतिगमनलाई परास्त गर्ने र संविधानको रक्षा गर्ने भन्दै ति तीन दलको गठबन्धनका तर्फबाट उम्मेद्वारहरुलाई नगरका विभिन्न वडाहरु तथा मेयर- उपमेयर पदकालागि उम्मेदवारी दर्ता गराएको छ ।
आफ्नो उम्मेदवारहरुलाई अत्याधिक मत दिइ बिजय गराइदिनुहुन सम्पुर्ण नगरवासीहरुसमक्ष हार्दिक अनुरोध गरिएको उक्त उद्धघाटन कार्यक्रममा पहिलो संविधानसभाका सांसद् एवम् नेकपा एकीकृत समाजवादीका मोरङ्ग जिल्ला कमिटीका सह- ईन्चार्ज चण्डीप्रसाद राई, प्रदेश नं १ की सभासद तथा केन्द्रीय सदस्य कृण्ण कुमारी राई, माओवादी केन्द्रको नगरप्रमुखका उम्मेदवार माओवादी केन्द्रका नगर इन्चार्ज दिनानाथ तिम्सिना, नेकपा एकीकृत समाजवादीका उपप्रमुखकी उम्मेदवार बिन्दु राई लगायतले संयुक्त रूपमा उद्धाटन गर्नुभएको थियो। उक्त अवसरमा तीन वटै पार्टीका नेताहरु र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा माओवादी नगर अध्यक्ष तथा चुनाव प्रचार प्रसार कमिटी संयोजक चेतन दहाल, जसपाकी तारा डवाडी तथा नेकपा एकीकृत समाजवादीका नगर कमिटीका अध्यक्ष तुलसी ढकाल , लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो।