वडा नं. ४ द्वारा छात्रछात्रालाई स्कुल ब्याग र अपांगलाई झुल वितरण - Pahilo Online

वडा नं. ४ द्वारा छात्रछात्रालाई स्कुल ब्याग र अपांगलाई झुल वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले चार वटा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई स्कुल ब्याग वितरण गरेको छ । विहीबार वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी वडाभरीका ४ सामुदायिक विद्यालयका करिव २ सय जना बालबालिकाहरुलाई शैक्षिक सहयोगी सामग्री स्वरुप वडाको नाम अंकित ब्याग वितरण गरेको हो ।

स्कुल ब्याग वितरण गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बालबालिकाहरूलाई अहिले देखि नै अनुशासित र मेहनती हुन आग्रह गरे । उनले विद्यार्थीहरूलाई दिइएको ब्यागले शिक्षाप्रति थप ऊर्जा बढ्ने बताए । वडाध्यक्ष भण्डारीले बालबालिकाहरूले पाएको ब्यागले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्नुको साथै बालबालिकाहरूमा हौसला बढ्ने बताए ।

वडाका भागिरथ मावि, जनकल्याण आवि, सरस्वती आवि र सिद्धार्थ आविका शिक्षकको उपिस्थितिमा छात्रछात्राहरुलाई ब्याग वितरण गरिएको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए । सो अवसरमा वडाध्यक्ष भण्डारी सहित वडा सदस्यहरु खड्ग सुस्लिङ मगर, तुलसा दर्जी, वडा सचिव पर्वत साहलगायतले ब्याग वितरण गरेका थिए ।

यसैगरी, वडा कार्यालयले यसअघि वडाका अपांगता भएका नागरिकहरुका लागि झुल वितरण गरेको थियो । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको जोखिम रहेको भन्दै अपांगता भएका व्यक्तिलाई झुल वितरण गरिएको वडाध्यक्ष भण्डारीले बताए ।
वडा कार्यालयमा कार्यक्रम आयोजना गरी ५५ जनालाई झुल वितरण गरिएको हो ।


वडाका सबै अपांगता भएका व्यक्तिको पहिचान गरी झुल वितरण गरिएको उनको भनाइ थियो । ‘अपांगता भएका व्यक्तिले आफैँ कुनै पनि काम गर्न नसक्ने र कुनै आम्दानीको स्रोत नहुने भएकोले उनीहरूलाई सानो सहयोगका लागि झुल वितरण गरिएको हो’–वडाध्यक्ष भण्डारीले भने । झुल सहयोग गर्नुले अपांगता भएका व्यक्तिलाई थप प्रोत्साहन हुने विश्वास लिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes