केचना अन्तरपालिका कपः केराबारीको सानदार जित - Pahilo Online

केचना अन्तरपालिका कपः केराबारीको सानदार जित

writer

पहिलो अनलाइन

केचना । मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन केराबारी फुटबल क्लब विजयी भएका छन् ।

आइतबार भएको खेलमा हिमाल युनाइटेडलाई शून्यको १ विरुद्ध ४ गोल गर्दै हिमाल युनाइटेले सानदार जित निकालेको हो । पहिलो हाफको १२ औं मिनेटमा केराबारीका कप्तान सौजन राईको फ्री किक मार्फत पहिलो गोलले अग्रता दिलाए । दोस्रो हाफको ४२ औं मिनेटमा केराबारीका मनिष लिम्बु दोस्रो गोल गरे । त्यसैगरी केराबारीकै नितेश लिम्बुले ५३ औं र ६६ औं मिनेटमा दुई गोल गर्दै टिमलाई बलियो बनाएका थिए ।

हिमाल युनाइटेडका बिप्लब मैनालीले अतिरिक्त २ मिनेटको थप समयमा सान्तवना गोल र्फकाउदै चित बुझाए । खेलको म्यान अफ दि म्याच केराबारीका कप्तान सौजन्य याक्खा घोषित भए । उनले नगद २५ सय ट्रफी र मेडल प्राप्त गरेका छन् । आज सोमबारको खेल आयोजक केचना फुटबल क्लब र कानेपोखरी फुटबल क्लब विच हुने भएको छ ।

खेलमा सुन्दर हरैचा नगरपालिका, द रियल ब्रदर्श, आयोजक केचना फुटबल क्लब, कानेपोखरी फुटबल क्बल, उर्लाबारी फुटबल क्लब, डाँडिहाट फुटबल क्लब, केराबारी फुटबल क्लब, हिमाल युनाइटेड, टेन नवोदय, ईष्ट स्टार मधुमल्ला, आयोजक केचना फुटबल क्बल र गोर्खाली युनाइटेड रतुवामाई गरी जम्मा १२ वटा टिमले सहभागी जनाएका छन् ।

केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।

विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट चोकलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes