‘गठबन्धनको निर्णयअनुरुप प्रदेश सरकार सञ्चालन हुनेछः’ मुख्यमन्त्री राई - Pahilo Online

‘गठबन्धनको निर्णयअनुरुप प्रदेश सरकार सञ्चालन हुनेछः’ मुख्यमन्त्री राई

writer

पहिलो अनलाइन

 

कानेपोखरी । प्रमुख अतिथि समेत रहनुभएका प्रदेश नं १ मुख्य मन्त्री राजेन्द्रकुमार राईले आउने चैत्र-१४ गते संघीय सरकारका प्रधानमन्त्री , अर्थमन्त्री लगायतका विभिन्न मन्त्रालयमा पुगेर थप बजेट माग गर्न राजधानी जान लागेको बताउनुभएको छ । आज शनिबार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कानेपोखरी गाउँ कमिटीद्वारा आयोजित एक पार्टी संगठन निर्माण तथा सुदृढीकरणका क्रममा मुख्य मन्त्री राईले सो कुरा बताउनुभएको हो ।

मुख्य मन्त्री राईले आगामी चुनावमा गठबन्धनबाट आफ्नो पार्टीले उम्मेदवार बनाउने प्रयास गरिरहेको बताउँदै गठबन्धनको निर्णयअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने बताउनुभएको छ । प्रदेश नं- १ को नामाकरणका सम्बन्धमा “किरात” नाम आफ्नो निजी प्रस्ताव रहेको उल्लेख गर्दै उहाँले पार्टीको प्रदेश कमिटी र माथिल्लो तहहरूले गर्ने निर्णयहरु आफूले सधैं शिरोपर गरेर प्रदेश सरकार सञ्चालन गर्ने पनि जनाउनुभएको थियो ।

मुख्य मन्त्री राईले आउने चैत्र-१४ गते संघीय सरकारका प्रधानमन्त्री , अर्थमन्त्री लगायतका विभिन्न मन्त्रालयमा पुगेर थप बजेट विनियोजन गराउन राजधानी-काठमाडौं जान लागेको बताउनुभयो । मुख्य मन्त्री राईले आज नै कानेपोखरी गाउँपालिकाको पार्टी कार्यालय समुद्घाटन गर्नुभएको थियो ।

 

 

 

सोही क्रममा पोलिटव्युरो सदस्य समेत रहनुभएका पार्टीका प्रदेश नं १ सचिव महेश रेग्मीले मोरङ्ग जिल्लाका विभिन्न ईलाका र क्षेत्रमा सांगठानिक सुदृढीकरण अभियान संचालन गर्न नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी तोकिएको जानकारी दिनुभयो। नेता रेग्मीले नेपालको कम्युनिष्ट आन्दोलनले गंभीर अवस्थामा रहेको बताउँदै आगामी चुनावमा नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनको तर्फबाट संयुक्त मोर्चाले चुनाव लड्नुपर्ने र सोका लागि कार्यकर्ता पंङ्ति सशक्त रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

नेता रेग्मीले संविधान प्रदत्त हक अधिकारहरुको रक्षा गर्दै र प्रतिक्रियावादीहरूलाई परास्त गर्न वडा- वडा र गाउँ – गाउँ तहसम्म पुगेर जनताको हितमा काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । सोही अवसरमा यातायात तथा संचार मन्त्री-उपेन्द्र घिमिरेले प्रदेश नं १ को यातायात मन्त्रालयले २ महिनाभित्रमा साना- मुला सबैखाले सवारीसाधन सञ्चालनका लागि चाँडै नै स्मार्ट लाइसेन्स वितरण गर्ने जनाउनुभएको थियो ।

उक्त अवसरमा केन्द्रीय सदस्य समेत रहेका मोरङ्ग जिल्ला ईञ्चार्ज हर्कमान तामाङ , केन्द्रीय सदस्य तथा मोरङ्ग सह- ईञ्चार्ज सावित्रा रेग्मी,विद्या चाम्लिङ, कृष्णा कुमारी राई, मोरङ्ग जिल्ला कमिटी उपाध्यक्ष चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर अध्यक्ष तुलसी ढकाल, लगायतका विभिन्न पालिकाका पदाधिकारीहरुको उपस्थिति रहेकाे थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes