वडा नं. ४ द्वारा भित्तेपात्रो र वडा विकास झलक विमोचन - Pahilo Online

वडा नं. ४ द्वारा भित्तेपात्रो र वडा विकास झलक विमोचन

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले २०७९ सालको भित्तेपात्रो र वडा विकास झलक विमोचन गरेको छ । वडा कार्यालयले विभिन्न चेतनामुलक सन्देश समेटीएको भित्तेपात्रो र पांच वर्षभरीको विकास गतिविधिलाई समेटेर प्रकाशन गरिएको वडा विकास झलक आज विहीबार एक कार्यक्रमकाबीच विमोचन गरेको हो ।

पथरीशनिश्चरे वडा नं. ४ द्वारा आयोजित भित्ते पात्रो, वडा विकास झलक विमोचन साथै नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य लालबहादुर सुस्लिङ, वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलगायतले भित्ते पात्रोको बिमोचन गरेका थिए ।


कार्यक्रमका अध्यक्ष एवं वडाध्यक्ष भण्डारीले भित्तेपात्रो हरेक वर्ष प्रकाशन गरी वितरण गर्दै आएको र त्यसमा जन्मदर्ता, बसाई सराई, मृत्यु दर्ता, सिफारिसलगायतका कामका लागि के के कागजात चाहिन्छ र के के प्रकृया पूरा गर्नुपर्छ भन्ने सन्देश समटीएको जानकारी दिए । वडाध्यक्ष भण्डारीले जानकारी मुलक सन्देश समेत भएकोले वडावासीलाई कार्यालयमा हुने झन्झट कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । वडा विकास झलकमा पनि वडाको परिचयका साथै आफ्नो कार्यकाल भरी के के काम गर्न सकियो भन्ने कुरा समेटीएकोले वडावासीको सम्पतीको रुपमा रहने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङले वडा विकास झलक र क्यालेण्डरले सबैको भावनात्मक एकता बनाउने कुरामा विश्वस्त रहेको बताए । उनले भने–‘यसले वडावासीहरुको सम्वन्ध सुधार र एकतामा महत्वपूर्ण भुमिका खेल्न सक्नु पर्छ । एक–अर्का बीचको सम्बन्ध सुढृड र विस्तारले सबै वडावासीहरु बलियो हुन्छन् ।’ सुस्लिङले वडा नं. ४ बाट सबैले पाठ सिक्नु पर्नेमा जोड दिए ।


विमोचन तथा शुुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति नन्दबहादुर बस्नेत, नेकपा एमालेका वडा अध्यक्ष प्रेमप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष धनपाल याक्खाले मन्तव्य राखेका थिए । यसैगरी, सामुदायिक विद्यालयका तर्फबाट सरस्वती आधारभुत विद्यालयका प्र.अ. रामप्रसाद न्यौपाने, संस्थागत विद्यालयका तर्फबाट ब्राइट सनराइज ईग्लिस स्कुलका प्रिन्सिपल थीरप्रसाद आचार्य, पूर्व वडाध्यक्षहरुको तर्फबाट गजेन्द्र बस्नेतलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु खड्ग सुस्लिङ मगर, अम्बर बहादुर बराइली, प्रमुख राजनीतिक दल, वडाभरीका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, मन्दिर, चर्च, जनपथ प्रहरी, शशस्त्र प्रहरी, ईलाका हुलाक, विभिन्न सामुदायिक क्लबहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पथरीशनिश्चरे वडा नं. ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव पर्वत साहले स्वागत गरेका थिए भनें कार्यालयका सहयोगी पवनचन्द्र विश्वकर्माले सञ्चालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes