पथरीशनिश्चरे प्रिमियर लिगः द रियल ब्रदर्श विजयी हुँदै फाइनलको यात्रा - Pahilo Online

पथरीशनिश्चरे प्रिमियर लिगः द रियल ब्रदर्श विजयी हुँदै फाइनलको यात्रा

writer

पहिलो अनलाइन

पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करणमा सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको द रियल ब्रदर्श एफ।सी।ले फाइनलको यात्रा तय गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा द रियल ब्रदर्शले शिखर एफ।सी।माथि शुन्यको विरुद्ध १ गोल गर्दै न्यू स्टार एफ।सी। सँगको फाइनल खेलको भेट पक्का गरेको हो ।

जितका लागि रियलका तिर्थराज बस्नेतले ३६ औं मिनेटमा गरेको एक मात्र गोल पर्याप्त बन्यो । शिखरको डिफेन्सहरु बिच एकआपसमा तालमेल नमिल्दा बस्नेतले गोल गर्न सफल भए ।

खेलको सुरुवातदेखि नै शिखरमाथि द रियलले दबदबा कायम गरेको थियो । द रियलका दुई सशक्त खेलाडीहरू सेनेहाङ लिम्बु र समिर याक्खा घाइते हुँदै खेल मैदान छाड्न बाध्य भएका थिए । यस्तैगरी दोस्रो हाफको अन्त्यतिर शिखरले दुई वटा निक्कै राम्रो अवसरहरु गुमाउन पुग्दा हार बेहोर्नुपरेको हो ।

खेलको म्यान अफ द म्याच विजयी टिम द रियलका एक मात्र निर्णायक गोलकर्ता तिर्थराज बस्नेत घोषित भए । प्रतियोगिताको फाइनल खेल न्यू स्टार एफ।सी। र द रियल ब्रदर्श बिच शनिबार हुने आयोजकका संयोजक संजिव गिरीले जानकारी दिए । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा टेन नवोदयलाई पराजित गर्दै न्यू स्टार एफ।सी।ले फाइनल प्रवेश गरिेसकेको छ ।

यसअघि फागुन २२ गते द रियल ब्रदर्श र न्यू स्टार एफ।सी। आमने सामने भइसकेका छन् । सो खेलमा द रियल ब्रदर्शले शुन्यको विरुद्ध ३ गोल गर्दै न्यू स्टारमाथि सानदार जित दर्ता गराएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes