टेन नवोदयलाई पाखा लगाउर्दै न्यू स्टार लिगको फाइनलमा प्रवेश - Pahilo Online

टेन नवोदयलाई पाखा लगाउर्दै न्यू स्टार लिगको फाइनलमा प्रवेश

writer

पहिलो अनलाइन

पथरी । ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनल खेलमा टेन नवोदयलाई पाखा लगाउँदै न्यू स्टार फाइनलमा प्रवेश गरेको छ । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रिमियर लिगमा बुधबार भएको पहिलो सेमिफाइनलमा टेन नवोदयलाई २–१ गोलको अन्तरले हराउँदै न्यू स्टार फाइनलमा पुगेको हो ।

हार सँगै टेन नवोदय लिगबाट आउट भएको छ । टेन नवोदयका जर्सी नम्बर ९ का रोषन माझीले खेलको ४५ औं सेकेण्डमा गोलको खाता खोलेका थिए । खेलको दोस्रो हाफको ५२ औं मिनेटमा न्यू स्टारका जर्सी नम्बर १६ का सन्तोष केसीले १ गोल फर्काउर्दै खेल लाई बराबरी बनाएका थिए । त्यसैगरी खेलको ५७ औं मिनेटमा न्यू स्टारले पाएको कर्नर किकलाई गोलमा परिणत गरेका थिए ।

न्यू स्टारका जर्सी नम्बर २७ का सुरेन्द्र लिम्बुले हानेको कर्नर किक टेन नवोदयका खेलाडी राजन तामाङले गोल बचाउ गर्दा आत्माघाती गोल लागेका थियो । खेलको म्यान अफ द म्याच न्यू स्टारका जर्सी नम्बर ९ का दिपेन माझी घोषित भए । माझीलाई कार्यक्रमका प्रमुख अतिथि मनोजविक्रम शाह, खेल आयोजक समितिका अध्यक्ष सन्जिव गिरी, खेल समितिका सदस्य दिपक पुलामी लगाएतले हस्तान्तरण गरेका थिए ।

भोली विहिबारको दोस्रो सेमिफाइनल खेल समूह ‘ए’ बाट शिखर एफसी र ‘बि’ बाट द रियल ब्रदर्श विच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes