दुवै मिर्गौला फेला भएपछि मिक्लाजुङका पुर्ब जनमुक्ति सेनाको सहयोग याचना - Pahilo Online

दुवै मिर्गौला फेला भएपछि मिक्लाजुङका पुर्ब जनमुक्ति सेनाको सहयोग याचना

writer

पहिलो अनलाइन

मिक्लाजुङ । दुवै मिर्गौला फेला भएपछि शिक्षण अस्पतालमा उपचाररत पूर्वजनमुक्त्ति सेनाका एक कम्पनी कमान्डरले प्रत्यारोपण गर्न आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन सरकार र दयालु दाताहरूलाई अनुरोध गरेका छन्।

मोरङको मिक्लाजुङ गाउँपालिका– ८ का ४२ वर्षीय जितेन्द्रबहादुर महरा ९महावीर० ले आफ्ना दुवै मिर्गौला फेल भएको र मिर्गौला प्रत्यारोपण गराउन चाहे पनि आर्थिक समस्या भएकाले सहयोग गरिदिन सरकार र दयालु दाताहरूसँग आग्रह गरेका हुन्।

०५५ देखि माओवादी जनयुद्धमा पूर्णकालीन रूपले सहभागी भएका महरा तात्कालीन पूर्वजनमुक्त्ति सेना फर्स्ट डिभिजनअन्तर्गतको १८औँ बटालियनको कम्पनी कमान्डर थिए। शान्तिप्रक्रियापछि उनले विराटनगरबाट प्रकाशित जनविद्रोह दैनिकमा केही वर्ष रिपोर्टर भएर पत्रकारिता पनि गरेका थिए।

माओवादी पार्टी विभाजन भएपछि हाल नेपाल कम्युनिस्ट पार्टीको ब्युरो सदस्य रहेका महराले हालसम्म उपचार गर्दा आफूसँग भएको १५ लाख रुपैयाँ खर्च भइसकेको र थप उपचार गराउने र मिर्गौला प्रत्यारोपण गर्ने क्षमता नभएकोले बाध्य भएर दयाका लागि सरकार र दाताहरूसँग याचना गर्न बाध्य भएको बताए।

शिक्षण अस्पतालमा उपचार गराइरहेका महराले भने, ‘रोग लागेपछि उपचार गर्दा आफूसँग भएको सबै सकियो, एउटा मिर्गौला फेर्न सके बाँच्न सकिन्छ भन्ने डाक्टरको सुझाव छ, तर प्रत्यारोपण गर्न २० लाख लाग्ने रहेछ, यसैले नचाहेर पनि सहयोगका लागि हात फैलाउन बाध्य भएको हुँ।’ उनले आफूलाई ९८४४४२३९९५ मा सोझै सम्पर्क गरेर प्राइम बैंकमा रहेको खाता नम्बर ‘०४२०००१०जीएल’ मा रकम जम्मा गरेर सहयोग गरिदिन दयालु दाताहरूलाई आग्रह गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes