पथरीशनिश्चरे फुटबल प्रिमियर लिगः सेमिफाइनलमा टेन नवोदय, शिखर, द रियल र न्यू स्टार भिड्र्दै - Pahilo Online

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगः सेमिफाइनलमा टेन नवोदय, शिखर, द रियल र न्यू स्टार भिड्र्दै

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनलमा चार टिम प्रवेश गरेको छन । समूह ’ए’ बाट टेन नवोदय र शिखर एफसी साथै समूह ’बि’ बाट द रियल ब्रदर्श र न्यु स्टार एफसी समूहको विजेता र उपविजेता बन्दैँ सेमिफाइनलमा प्रवेश गरेका हुन ।

खेल तालिकामा टेन नवोदय र द रियल ब्रदर्शले ७–७ अंक जोडेका छन् भने शिखर एफसी र न्यु स्टारले ६–६ अंक जोडेका छ्न । लिग चरणबाट वाइएफसी, वाइजिएफटी, सिरिजङ्गा र देविगन्ज एफसीले खेल तालिकामा कम अंक क्रमशः ३, १, ३ र १ अंक मात्र जोड्दै बाहिरिएका हुन । आज सोमबार भएको खेल बराबरीमा सकिएको छ । द रियल ब्रदर्श र देविगन्ज एफसी बिच भएको खेलमा दुवै तर्फबाट निर्धारित समयमा कुनै गोल हुन नसके पछि बराबरीमा खेल समाप्त भएको थियो ।

खेल अवधीमा दुवै टिमले निकै राम्रा अवसरहरू पाए पनि गोल भने गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच देविगन्ज एफसीका जर्सी नम्बर ५ का मन्जिल खड्का घोषित भए । कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लङका हङकङ अध्यक्ष त्रिभूवन लिम्बुले खड्कालाई ट्रफी र मेडल सहित नगद तीन हजार रुपैयाँ प्रदान गरेका थिए ।

भोली मंगलबार कुनै खेल छैन । बुधबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछ । पहिलो सेमिफाइनलको खेल समुह ’ए’ को विजेता टेन नवोदय र समूह ’बि’ को उपविजेता न्यु स्टार एफसीका बिच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताए । सेमीफाइनल खेल दिनको ठिक २ः३० बजेबाट सुरु हुने आयोजक समितिका सदस्य दिपक पुलामीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes