वडा नं. ४ द्वारा स्वास्थ्य सामग्री वितरण - Pahilo Online

वडा नं. ४ द्वारा स्वास्थ्य सामग्री वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले वडावासीलाई इसंक्रमण रोगबाट बचाउन निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ । कार्यालयले वडा भरीका १६ सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको हो ।

वडा कार्यालयले वडाभित्रका सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने हेतुले सर्जिकल मास्क र १ लिटरका दरले १६ संघसंस्थाहरुलाई सेनिटाइजर वितरण गरेको हो ।

पथरीशनिश्चरे वडा नं. ४ ले आ.व. ०७८–०७९ मा वडामा विनियोजन गरेको कुल २ लाख बजेटबाट बांकी रहेको ५० हजार रुपैयांबाट स्वास्थ्य सामग्री वितरण गरिएको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए ।

जसमा हुलाक कार्यालय, सशस्त्र बेस क्याम्प शनिश्चरे, अस्थायी प्रहरी चौकी कुशल चोक, भागिरथ मावि, जनकल्याण आवि, सरस्वती आवि, सिद्धार्थ आविलाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । यसैगरी, वडामा रहेका संस्थागत विद्यालयहरुलाई समेत उक्त सामग्री वितरण गरिएको थियो । जसमा बाल जागरण विद्या मन्दिर, ब्राइट सनराइज ई. स्कुल, सुपब मोडल एकाडेमी, किर्तिपुर एकाडेमी, ग्रेटग्रेस ई. स्कुललगायत रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes