दोस्रो चरणको पहिलो खेल टेन नवोदय र वाईजीएफटी बराबरी - Pahilo Online

दोस्रो चरणको पहिलो खेल टेन नवोदय र वाईजीएफटी बराबरी

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो चरणको पहिलो खेल बराबरीमा टुङ्गिएको छ ।

सोमबार भएको खेलमा टेन नवोदय र वाईजीएफटी १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दोस्रो हाफ पछि खेलको ४७ औं मिनेटमा जर्सी नम्बर २३ का मीन धिमालले एक गोल लगाएका थिए ।

त्यसैगरी खेलको अतिरिक्त समयमा वाईजीएफटीका जर्सी नम्बर १७ का सन्जय लिम्बुले १ गोल फर्काउदै खेललाई बराबरी बनाएका थिए ।

खेलको म्यान अफ दी म्याच बि एण्ड बी वाईजिएफटीका सन्जय लिम्बु घोषित भए । कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला फुटबल सघका महासचिव प्रकाश मास्केले म्यान अफ द म्याचको टफी र नगद हस्तान्तरण गरेका थिए ।

भोलि मगलबारको खेल वाई एफसी र शिखर एफसी बिछ हुने आयोजक कमिटीका सचिब मनि लुम्फुवा लिम्बुले बताए । यो संगै टेन नवोदयको ४ अक जोड्न सफल भएको छ भने वाईजीएफटीले १ अक जोड्न सफल भए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes