इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग: वाईएफसीलाई ३–१ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टेन नवोदय बिजयी - Pahilo Online

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग: वाईएफसीलाई ३–१ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टेन नवोदय बिजयी

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो दिन खेलमा टेन नवोदय एफसी विजयी भएको छ । शुक्रबार भएको खेलमा वाईएफसीलाई ०–१ गोलको अन्तरले टेन नवोदय विजयी भएको हो । खेलको ३८ औं मिनेटमा जर्सी नम्बर १० का विबेक लिम्बुले एक गोल लगाउदै गोलको खाता खोलेका थिए ।

खेलको ५३ औ मिनेटमा वाईएफसीका जर्सी नम्बर ४ का भीषण राईले विपक्षीले हानेको गोल बचाउ गर्दा आत्माघाती गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा जर्सी नम्बर ८ का सुवाष राईले १ गोल फर्काएका थिए । टेन नवोदयले निकै दवाफ राखेका वाईएफसीका भीषण राईले ६८ मिनेट जादा खेललाई १-३ बनाउन सफल भए ।

त्यसैगरी खेलको ७७ औ मिनेटमा वाईएफसीका जर्सी नम्बर ३ का अमृत राईले विपक्षीबाट आएको गोल बचाउन खोज्दा आत्माघाती गोल गरेका थिए । खेलको म्यान अफ द म्याच टेन नवोदयका विबेक लिम्बू घोषित भए । कार्यक्रममा लिगको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes