पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफसीको पहिलो जित - Pahilo Online

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफसीको पहिलो जित

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे दोस्रो प्रिमियर लिग –०७८को उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले गर्नु भयो । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको स्पोर्टस स्पोन्सर गरेको छ ।
खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मुख्य नाराको साथ शुरू भएको खेलको नगरप्रमुख राईले बेलुन उडाएर उद्धघाटन गरे।


। स्थानीय खेलाडीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न संचालित प्रतियोगितामा सहभागी ८ बटा टिमले सहभागिता जनाउने छन्।
प्रतियोगिताको पहिलो खेलमा ‘बि एण्ड बि’ वाइजीएफटी विरूद्ध शिखर एफ सीले १(० गोलको अन्तरले विजय हासिल गरेको थियो। शिखर एफसीका जर्सी नं ११ का सौरज रावणले उत्तरार्धको १७ औं मिनेटमा हानेको बल नै निर्यायक बनेको थियो ।
दुवै टिमले पटक(पटक गोल गर्न कोशिश गरेको उक्त प्रतियोगिताको म्यान अफ दि म्याच शिखर टिमका सौरज रावत घोषित भएका थिए। उनलाई विशिष्ट अतिथिको तर्फबाट प्रहरी निरीक्षक धन बहादुर राजवंशीले ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गर्नुभएको थियो।

इन्ट्रा( पथरीशनिश्चरे दोस्रो प्रिमियर लिग (०७८का अध्यक्ष संजीव गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघको मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनको प्रतिनिधि समेत रहेका कलाकार रमित ढुंगाना, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी ,रेडस्टार माविका प्रिन्सिपल टी एन तिमिल्सिना , ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक धन बहादुर राजवंशी , एक दर्जनभन्दा बढी स्थानीय संचार माध्यमका संचारकर्मीहरुको समेतको उपस्थिति रहेको थियो । आयोजक समितिको सचिव मणि लुफूवा लिम्बूले उद्धाटन प्रतियोगिताको संचालन गर्नुभएको थियो । उक्त अवसरमा रेडस्टार माविका विद्यार्थीहरूले नगरको ूयो हाम्रो पथरीशनिश्चरेूबोलको गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।


उद्घाटन खेलमा शिखर एफसी बिजयी
बिहिबार भएको ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को उद्घाटन खेलमा बीएण्डबी वाइजीएफटी विरुद्धको खेलमा शिखर एफसीले संघर्ष पूर्ण जित निकालेको छ ।

खेल सुरुवातदेखि नै संघर्ष पूर्ण रहेको थियो । पहिलो हाप गोल रहित बरबारी भएपनि दोस्रो चरणको खेलमा वाइजीएफटीलाई १–० गोल अन्तरले पराजित शिखर एफसीले लिगमा ३ अंक प्राप्त गर्न सफल भएको हो । शिखर एफसीको लागि दोस्रो हापको १० मिनेटमा सौरब राउतले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच शिखर एफसीको गोलकर्ता राउत घोषित भए । उनले नगद तीन हजार प्राप्त गरे ।


‘बिएण्डबि’ वाइजीएफटीबाट सञ्जय राई, साइन राई, निमन लिम्बू, रुपेश श्रेष्ठ जस्ता खेलाडीरु मैदान उत्रिएका थिए ।
शिखर एफसीबाट साइमन लिम्बू, अर्जुन बस्नेत, निरज परियार ९काउली०, समिर कटुबाल जस्ता उदाउदो स्टार खेलाडीहरुले मैदानमा थिए । भोलिको खेल डिफेन्डिङ च्याम्पियन टेन नवोदय र वाईएफसी ९भुटानी शरणार्थी०टिम वीच प्रतिस्पर्धाहुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए ।

उपाधि बिजेता क्लवले २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको कोषाध्यक्ष श्रीहाङ राईले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।
यो सीजनमा ग्रुप ‘ए’मा वाइजीएफटी, शिखर, टेन नवोदय, वाइएफसी र ‘बी’ मा देबिगञ्ज, सिरिजंङ्गा, न्युस्टार र द रियल ब्रदर भिड्ने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes