भोलिदेखि ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ सुरुहुँदै, भब्य उद्घाटनको तयारी - Pahilo Online

भोलिदेखि ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ सुरुहुँदै, भब्य उद्घाटनको तयारी

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा बिहिबारदेखि दोस्रो ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ सुरु हुँदैछ ।
पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा सुरु हुने प्रिमियर लिग दोस्रो संस्करणको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पन्सर गर्दैछ ।
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुने खेलको ९५ प्रतिशात तयारी पुरा भएको पथरीशनिश्चरे प्रिमियर लिग आयोजक समितिको अध्यक्ष संजिव गिरीले बताए । उनले लिगलाई भब्य बनाउन सबै पक्षको सहयोगको आवश्यकहुने बताए ।
पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघको मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनको तर्फबाट चलचित्र कर्मी ९नायक० रमित ढुङ्गाना, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ लगायतको उपस्थितिमा भब्य उद्घाटन हुने आयोजक समितिको सचिव मनि लिम्बूले बताए । लिगमा करिब २८ लाख ९२ हजार खर्चको अनुमान गरिएको समितिको कोषाध्यक्ष श्रीहाङ राईले बताए ।

उद्घाटनमा वाइजीएफटी र शिखर एफसी भिड्ने

लिग दोस्रो संस्करणको उद्घाटन खेल ‘बि एण्ड बि’ वाइजीएफटी र शिखर एफसीवीच प्रतिस्पर्धा हुँदैछ ।
‘बि एण्ड बि’ वाइजीएफटीका अध्यक्ष नवीन ढकालले शिखरलाई पहिलो खेलमै हराउने गरि तयारी गरेको बताए । आफ्नो टिममा सञ्जय राई, साइन राई, निमन लिम्बू, रुपेश श्रेष्ठ जस्ता खेलाडी रहेकोले शिखर एफसीलाई मंहगो पर्ने उनले बताए ।
यता शिखर एफसीका मेनेजर रंजित कार्कीले साइमन लिम्बू, अर्जुन बस्नेत, निरज परियार ९काउली०, समिर कटुबाल जस्ता नेपालकै ‘बी’ डिभिजनका स्टार खेलाडीहरुले भरिने भएकोहुँदा वाइजीएफटीको सपना चकनाचुर हुने दाबी गरे ।
खेलको अघिल्लो दिन प्रस्ताबित पथरी रंगलशालामा भेटिएका न्यु स्टार एफसीका अध्यक्ष बिरोज मगर, सिरिजंङ्गा एफसीका मौसम लिम्बू, द रियल ब्रदर्शका अध्यक्ष सञ्जोग राई, देबिगञ्ज एफसीका मदन राई लगायतले यो पटक निक्कै मिहिनेत गरेर मैदानमा खेलाडी उतार्न लागेको बताए ।
पहिलो सिजनको फस्ट रनर द रियल ब्रदर्श एफसीले यो पटक पाँच वटा अभ्यास खेल खेलेर तयारी पुरा भएको अध्यक्ष सञ्जोग राईले बताए । यो पटक तिर्थराज बस्नेत, बिशाल पाण्डे, सेनेहाङ्ग लिम्बू जस्ता स्टार खेलाडी मैदानमा उत्रिने राईले बताए । यो पटक च्याम्पियन बन्ने लक्ष्यको साथ तयारी भएको उनको भनाइ छ । पहिलो सिजनमा टेन नवोदयले प्रथम ट्रफी उचालेको थियो ।
यो सिजनमा पथरीशनिश्चरेको सात र भुटानी शरणार्थी शिविरको एक गरी आठ वटा टिम लिग भिड्दैछ ।

खेल मैदान चिटिक्क

भोली बिहिबारबाट सुरु हुने पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको लागि प्रस्तावित पथरी रंगशाला आयोजकले सजाएर चिटिक्क बनाएको छ । अतिथिहरुको स्वागतको लागि पथरीको जाँते मोडमा गेट निर्माण भएको छ भने खेल मैदान सजाएर चिटिक्क पारिएको हो ।
प्रिमियर लिग खेलाडीलाई सहज होस भन्ने उदेश्यले पानी टंकीबाट पानी छिर्किन्दै मैदानमा रोलर लगाएर तयार गरिएको लिग आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए । मैदानमा नेपालको झण्डा, लिगमा सहभागि आठवटा टिम, आयोजक समिति र टाइटल स्पन्सर इन्ट्राको लागो अंकित झण्डाहरु फहराइएको छ ।
गत बर्षदेखि सुरु भएको लिग खेलकुद क्षेत्रमा नगरपालिकाकै गौरवको कार्यक्रम हो । दोस्रो संस्करन लिग फागुन १९ मा सुरु भएर चैत्र ५ समापन हुनेछ ।
उपाधि उठाउने क्लवलाई २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।

यो सिजनमा खेल्ने क्लबहरु
यो सीजनमा ग्रुप ‘ए’मा वाइजीएफटी, शिखर, टेन नवोदय, वाइएफसी र ‘बी’ मा देबिगञ्ज, सिरिजंङ्गा, न्युस्टार र द रियल ब्रदर भिड्ने भएको छ । प्रतियोगिताको फाइनलसहित १५ खेल हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes