पथरीशनिश्चरे –४ ले गर्यो ३ सय ज्येष्ठ नागरिकलाई सम्मान - Pahilo Online

पथरीशनिश्चरे –४ ले गर्यो ३ सय ज्येष्ठ नागरिकलाई सम्मान

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे– ४ मा ७० वर्षमाथिका ३ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितले पुरुषलाई ढाकाटोपी र महिलालाई दोसल्लाले सम्मान गरिएको हो ।

आइतबार सम्मानित कार्यक्रममा उपमेयर बास्तोलाले ज्येष्ठ नागरिकको हक हितमा नगर र वडा सधै संवेदनशील भएको वताइन । वडा कार्यालयको ९१ हजार ६ सय रुपैयाँको बजेटमा वडा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहितले मन्तव्य व्यक्त गरे ।

कार्यक्रम केन्द्रका वडा समिति अध्यक्ष गजेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । ९० वर्षीय पदमप्रसाद शिवकोटी सहित ३ सय जना ज्येष्ठलाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes