कमलपुर सामुदायिक वनको अन्तर समूह अवलोकन भ्रमण - Pahilo Online

कमलपुर सामुदायिक वनको अन्तर समूह अवलोकन भ्रमण

writer

पहिलो अनलाइन

लेटाङ । उत्तरी मोरङको लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले तीनदिने अन्तर सामुदायिक वन अवलोकन भ्रमण सम्पन्न गरेको छ । समूहले गत पुस १५ देखि १७ गतेसम्म पश्चिम नेपालका विभिन्न सामुदायिक वनका साथै धार्मिक पर्यटकीय स्थलको अवलोकन गरेको हो ।

पुस १५ गते लेटाङ कमलपुरबाट प्रारम्भ भएको भ्रमण चितवनको सौराहामा पुगेर विश्राम भएको थियो । भ्रमण टोली रातको १० बजेतिर सौराहा पुगेर बास बसेको थियो । बासपछि पुस १६ गते विहान सौराहाको बाघमारा सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरिएको थियो ।

त्यस सामुदायिक वनले गरेका वन संरक्षण, गरीवि न्यूनिकरणका कार्यहरुबाट आफुहरुलाई नयाँ सिकाई भएको कमलपुर सामुदायिक वन उपभोक्ता समूहका गोपाल श्रेष्ठले बताए । ‘बाघमारा सामुदायिक वनले आएको आम्दानीबाट विपन्न वर्गका सुत्केरी महिलाहरुलाई मातृशिशु कार्यक्रम अन्तरगत सुत्केरी भत्ता दिइरहेको रहेछ’– अध्यक्ष श्रेष्ठले भनें ‘यस्तो काम हाम्रो सामुदायिक वनले पनि गर्न सक्ने रहेछ ।’ अवलोकनका क्रममा निकुञ्जमा जंगल सफारी समेत गरिएको थियो । बाघमारा सामुदायिक वनको अवलोकन भ्रमण सकेर भ्रमण टोली सौराहामा नै बास बस्यो ।


पुस १७ गते विहान भ्रमण टोली धार्मिक पर्यटकीय स्थल लुम्बिनीतर्फ प्रस्थान गर्यो । विहान १० बजे लुम्बिनी पुगेर दिनभरी त्यहीं अवलोकन गरेर टोली सांझ गृह जिल्ला मोरङ तर्फ फर्कियो ।

लेटाङ–३ स्थित कमलपुर सामुदायिक वनले वन विकास, सामाजिक विकास, गरिवी न्यूनिकरणका क्षेत्रमा धेरै काम गरिसकेको छ । तर यति मात्र आफ्नो लक्ष नभएकोले अन्य समूहले गरेका राम्रा कामको अवलोकन गरी आफ्नो समूहमा अझ राम्रो काम गरी राष्ट्रिय पुरस्कार लिने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘अन्य समुहको अवलोकनले हामीलाई नयाँ सिकाई मात्र भएको छैन, समान चुनौतिहरुको पहिचान र समाधानका उपाय पनि आदानप्रदान भएको छ’– अध्यक्ष श्रेष्ठले भने ।

अवलोकन भ्रमणले आफ्नै देशको भौगोलिक विविधताका बारेमा ज्ञान हुनुका साथै प्राकृतिक सुन्दरताको दृष्यावलोकन गरी आनन्द लिन पाएको कार्यालय सचिव दुर्गा मनिषा राईले बताईन् ।

भ्रमण टोलीमा समूहका पदाधिकारी, सल्लाहकार, लेखा समिति, टोला प्रमुख, उपभोक्तासहित तीन दर्जनको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes