माओवादी केन्द्र पथरीशनिश्चरेले जागरण अभियान सञ्चालन गर्ने - Pahilo Online

माओवादी केन्द्र पथरीशनिश्चरेले जागरण अभियान सञ्चालन गर्ने

writer

पहिलो अनलाइन

पथरी । जनताको सर्वोच्च निकाय संसद भंग गरी प्रतिगमनलाई अंगालेको एमालेले नेतृत्व गरेको सरकार र त्यसका मतियारहरुसंग लड्दै आएको नेकपा माओवादी केन्द्र, पथरी शनिश्चरे नगरपालिका कमिटीको दोस्रो विस्तारित बैठकले विभिन्न महत्वपूण निर्णय गरेको छ ।
नगर अध्यक्ष चेतन दाहालको अध्यक्षता सम्पन्न बैठकले पार्टी केन्द्रीय कमिटीको निर्देशनपत्र अनुरुप वडा कमिटीका बैठकहरु सञ्चालन गरी स्थानीय तह चुनावको तयारीमा लाग्ने निर्णय गरेको छ ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रीय सदस्य गिता तिम्सिनाले साङ्गठानीक रुपमा बलियो भए मात्र चुनावी रुपमा बलियो हुने भन्दै जसको जे जिम्मेवारी छ त्यो जिम्मेवारी पुरा गर्न आग्रह गरिन् ।


बैठकमा प्रदेश उपाध्यक्ष शिव डागीले अबको लडाई सामाजिक न्याय सहितको समाजबादका भएको बताउंदै जुनसुकै अवस्थामा पनि पार्टीको उम्मेदवारलाई जिताउन आग्रह गरे । उपाध्यक्ष डांगीले पुराना कमिकम्जोरी, गुनासो थाती राखेर जोस जांगरकासाथ चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन गरे ।

बैठकका अर्का अतिथि एवम् पार्टी प्रदेश कमिटी सदस्य दिनानाथ तिम्सिनाले वडा पदाधिकारीको प्रत्यक्ष सम्पर्कमा रहि स्थानीय पार्टीको अवस्थाको अध्ययन अवलोकन, माओवादीसँग प्रतिस्पर्धामा रहन सक्ने राजनीतिक दलको अवस्थाको पहिचान गरी ससक्तरुपमा आफ्नो पार्टी संगठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले माओवादीविरुद्ध छरिएको भ्रमलाई चिर्न सबै इमान्दारिता पूर्वक लाग्न समेत अनुरोध गरे ।

बैठकमा १० नम्बर वडाबाट वडा पार्टी अध्यक्ष पदम गुरुङ ९ नम्बर वडाबाट ईञ्चार्ज रामचन्द्र लिम्बू, ८ नम्बर ईञ्चार्ज धनबहादुर मगर, ७ नम्बर वडाबाट इञ्चार्ज ओमप्रकाश राईबाट रिपोर्टिङ भएको थियो । यस्तै ६ नम्बर वडाबाट इञ्चार्ज कमल कटूवाल, ५ नम्बर वडाबाट अध्यक्ष रिजमान अन्सारीले रिपोर्टिङ गरेका थिए । यसैगरी, ४ नम्बर वडाबाट सचिव रबिन मगर र ईञ्चार्ज ध्रुबकुमार बराईलीले, २ नम्बर वडाबाट ईञ्चार्ज थबराज आचार्यले र १ नम्बर वडाबाट अध्यक्ष युबराज चम्लागाईले रिपोर्टिङ गरेका थिए ।

बैठकका अध्यक्ष एवं नगर पार्टी अध्यक्ष चेतन दाहालले पार्टी केन्द्रको सर्कुलर पढेर सुनाएका थिए भनें नगर सचिव मोहन लिम्बुले सञ्चालन गर उपाध्यक्ष गोबिन्द कटुवालले स्वागत गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes