पथरीमा पत्रकारिता तालिम सुरु, प्रदेश सांसद राईद्वारा एमसीसीको विरोध - Pahilo Online

पथरीमा पत्रकारिता तालिम सुरु, प्रदेश सांसद राईद्वारा एमसीसीको विरोध

writer

पहिलो अनलाइन

पथरी । प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसोधन नगरी पास गर्न नहुने बताएकी छन् ।
मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबार आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश सांसद राईले सो कुरा बताएकी हुन् ।

एमसीसी सम्झौताको बुँदाहरु राष्ट्रघाति भएको भन्दै जस्ताको तस्तै पास गर्न नदिन जनताको लेबलबाट विरोध गर्नुपर्ने सांसद कुष्णकुमारी राईले धारणा राखेका ह्न । राई नेकपा ९एकीकृत समाजवादी० सम्बद्ध सांसद हुन् । तालिम सफलताको शुभकामना दिदै पत्रकारहरुले जहिले सत्य, तथ्य समाचार लेख्नुपर्ने बताए ।


पथरीशनिश्चरे नगरपालिकाको कार्यपालिका सदस्य भद्रमान बिक, फोनिज १ नम्बर प्रदेश इन्चार्ज दिपिन राई ९प्रशिक्षक०, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य केदार चौहान, हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगर, फोनिज १ नम्बर प्रदेश समिति निर्वमान उपाध्यक्ष फिपराज बेघा लिम्बू ९प्रशिक्षक०, सिम्रिक एफ।एम। सञ्चालक समिति अध्यक्ष धनराज राई, प्रशिक्षक केशव निरौला लगायतले तालिमको शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरको सूचना संयोजक भुपेन्द्र तिम्सिना, युवा समाज सेबी गणेश थक्लुङ लगायतको उपस्थिति रहेको थियो ।

आदर्श सर्भिस सेन्टर प्रा।ली।द्वारा सञ्चालित रातोकलम डटकमका प्रबन्ध सम्पादक अर्जुन जम्नेली राईको सभापतित्वमा भएको कार्यक्रम प्रबन्धक मौसम लिम्बूले सञ्चालन गरेका थिए । समानुपातिक सांसद कृष्णकुमारी राईको पूर्वाधार विकास कोषको सहयोगमा सुरु भएको तालिम तीन दिनसम्म चल्ने आयोजक मौसम लिम्बूले बताए । तालिममा पूर्बी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका र झापा लगायत गरी ३० जना सहभागि भएको बताइएका छन् । तालिमको सहजिकरण दिपिन राई, अर्जुन जम्नेली राई, केशव निरौला र फिपराज बेघाले गर्ने प्रबन्धक मौसम लिम्बूले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes