चिसोबाट प्रभावित गरिब तथा विपन्नलाई कम्बल वितरण - Pahilo Online

चिसोबाट प्रभावित गरिब तथा विपन्नलाई कम्बल वितरण

writer

पहिलो अनलाइन

 

लेटाङ । लेटाङ का अति विपन्न ८७ घर परिवारलाई कम्बल वितरण गरिएको छ । चिसोका कारण गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा नमुना सामुदायिक वन, चुजी फाउण्डेसन र अन्तरधार्मिक शान्ति महासंघ नेपालको आर्थिक साझेदारीमा ८७ घरपरिवारलाई विहीबार निःशुल्क कम्बल वितरण गरिएको हो ।

सामुदायिक विकास मञ्च नेपालको संयोजनमा लेटाङका वडा नं. २,३,४,५ र ६ का विपन्न घर परिवारलाई कम्बल वितरण गरिएको नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिमबहादुुर देवानले जानकारी दिए । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण गरिएको उनले बताए ।


नमुना सामुदायिक वनका अति विपन्न उपभोक्ताहरुलाई लक्षित गरी ६३ घर परिवारलाई एक एक थान र सामुदायिक विकास मञ्च नेपालको कार्यक्षेत्रमा रहेका विभिन्न वडाका २५ विपन्न परिवारलार्ई कम्बल वितरण गरिएको सामुदायिक विकास मञ्चकी कार्यक्रम सम्योजक सावित्रा शिवाकोटीले जानकारी दिनुभयो ।

चिसोका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।

कार्यक्रम नमुना सामुदायिक वनका अध्यक्ष भिमबहादुर देवानको अध्यक्षतामा भएको थियो भने अन्तरधार्मिक शान्तिमहासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङले कार्यक्रमको औचित्य बारेमा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा नमुना सामुदायिक वनका सल्लाहकार य सुभद्रा भट्टराई र कमल अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes