दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग फागुन १९ देखि - Pahilo Online

दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग फागुन १९ देखि

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे नगरमा दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग (०७८ हुने भएको छ ।
आज विहीबार पथरीशनिश्चरेको सुम्निमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्म लीग सञ्चालन हुने आयोजकले जनाएको हो । पथरीशनिश्चरे फुटबल प्रिमियर लिग समितिको आयोजनामा हुने उक्त स्पर्धामा ८ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन गैरहेको उक्त प्रतियोगितामा वाईजीएफटी एफ।सी।, देविगन्ज एफ।सी, शिखर एफ।सी।, सिरिजंघा एफ।सी।, १० नवोदय, न्यू स्टार एफ।सी।, द रियल ब्रदर्शले प्रतिस्पर्धा गर्ने भएका छन् भने नयाँ क्लबको रुपमा वाई।एफ।सी। ले इन्ट्री गरेको छ ।

पत्रकार सम्मेलनमा ८ वटै क्लबका अनरहरु उमेश राई, सागर भट्टराई, नवीन ढकाल, विरेन साम्बा, मिलन श्रेष्ठ, सरोज लिम्बु, आइतराज राई, विरोज मगरको उपस्थितिमा ग्रुप ‘ए’ र ‘बी’ विभाजन गरिएको थियो । ग्रुप ‘ए’मा वाईजीएफटी, शिखर, १० नवोदय र वाई।एफ।सी। रहेका छन् भने ग्रुप ‘बी’मा देविगन्ज, सिरिजंघा, न्यू स्टार र द रियल ब्रदर्श छन् ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लवलाई तयारीका लागि नगद रु। ३५ हजारका दरले रकम प्रदान गरिने आयोजकका उपाध्यक्ष बिक्की राईले बताउनुभयो ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ शीर्षक राखिएको यस प्रतियोगिताको सबै खेलहरु पथरीशनिश्चरे–१ को जाँतेमोडमा अवस्थित खेल मैदानमा हुने आयोजकका संयोजक संजिव गिरीले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes