बेलायतबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड रेडस्टार माविले प्राप्त गर्यो - Pahilo Online

बेलायतबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड रेडस्टार माविले प्राप्त गर्यो

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे स्थित रेडस्टार माविले नेपाल सरकार शिक्षा विभागसंगको समन्वयमा ब्रिटिश काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड जितेको छ ।
बेलायतबाट प्रदान गरिने यो अवार्डको लागि सन् २०२०—२१ मा विभिन्न परियोजनात्मक कार्यहरु सञ्चालन तथा सम्पादन गरि सकेको रेडस्टारले आगामी ३ वर्षका लागि पुर्वोत्तर मोरङमै संस्थागत तथा सामुदायिक विद्यालयहरु मध्येबाट पहिलो पटक फूल इन्टरनेशनल अवार्ड हात पारेको हो ।

नेपाल सरकार शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव संसाधन केन्द्रको प्रत्यक्ष संलग्नता र ब्रिटिश काउन्सिल नेपालको आयोजनामा एक समारोहको बिच भर्चुअल माध्यममार्पm गत सोमबार नतिजा सार्वजनिक भएको र नतिजा ब्रिटिश काउन्सिलको वेबसाइटमा पनि हेर्न सकिने रेडस्टार माविका प्रबन्ध निर्देशक÷प्रधानाध्यापक टिएन तिम्सिनाले जानकारी दिनुभयो ।

विद्यालयस्तरको शिक्षण पद्वतिलाई समय सापेक्ष विश्व व्यापीकरण गर्दै एक देशको शिक्षण पद्वति अर्को देशको विद्यालयसंग जोड्नका लागि आइ।एस।ए। ले परियोजनात्मक कार्यद्वारा असल संस्कार सहितको जिवनोपयोगी शिक्षालाई प्रोत्साहन गर्दै आएको छ । जस अन्तर्गत रेडस्टार मा।वि। का विद्यार्थीहरुले ‘कनेक्टिङ क्लासरुम’ मार्फत आफ्नो कक्षाकोठाको सिकाइलाई भर्चूअल रुपमा पाकिस्तान, भारत, बेलायत लगायतका आफ्ना पार्टनर स्कुलका कक्षाकोठासंग जोडी एक आपसमा सिकाइ आदान प्रदान गर्ने गरेको विद्यालयका आइ।एस।ए। को–अर्डिनेटर राजु तिम्सिनाले बताउनु भयो । विद्यार्थीहरुले पार्टनर स्कुलसंग संयुक्त परीयोजनात्मक कार्य सञ्चालन गरि एक अर्काको देशको संस्कृति, परम्परा, सम्पदा, भाषा, प्रविधि तथा सिकाइका नयाँ नयाँ तरिकाहरु हरेक परियोजनाको संयोजक समेत रहेका शिक्षकहरुको सहयोगमा आदान प्रदान गर्ने गरिएको एक परियोजना संयोजक तथा शिक्षिका सुना लावतीले बताउनु भयो ।

एक पछि अर्को सफलता हासिल गर्दै यस विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालयहरुको सूचिमा राख्ने व्रmममा केहि वर्ष अघी कक्षा १२ को बोर्ड परीक्षाको नतिजामा व्यवस्थापन संकायतर्फत प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल यो विद्यालय यस वर्षको लागि मोरङमै एकमात्र आइ।एस।ए। अवार्ड पाउने विद्यालय बनेकोमा खुशी व्यक्त गर्दै विद्यालयका सहायक प्रधानाध्यापक बसन्त मादेनले यसको श्रेय सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक, स्थानिय निकाय र सम्बद्ध सम्पुर्ण संघ–संस्थालाई दिदै विद्यालयको तर्पmबाट आभार प्रकट गर्नुभएको छ । अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त भएसंगै ब्रिटिश काउन्सिलको प्रत्यक्ष निगरानीमा पाठ्यक्रममा आधारित विभिन्न परियोजनात्मक कार्यहरु गरि विद्यार्थी केन्द्रित सिकाइ गर्न अझै सहज हुने शिक्षिका सरिता भट्टराईले बताउनु भयो ।

महिला ससक्तिकरण परियोजना अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुसंग प्रत्यक्ष अन्तरव्रिmयामा सहभागी हुनु भएकी पथरीशनिश्चरे नगरपालिकाको उप–प्रमुख यमुना बिष्ट बास्तोलाले पथरीशनिश्चरे नगरपालिको तर्फबाट नगरमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड प्राप्त गर्न सफल भएकोमा रेडस्टार मा।वि। लाई बधाई ज्ञापन गर्नुभएको छ ।

मा प्रकाशित

1 thought on “बेलायतबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड रेडस्टार माविले प्राप्त गर्यो

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes