‘सिपले नै मानिसलाई आत्मनिर्भर बनाउंछ’– वडाध्यक्ष भण्डारी - Pahilo Online

‘सिपले नै मानिसलाई आत्मनिर्भर बनाउंछ’– वडाध्यक्ष भण्डारी

writer

शनिश्चरे । क्षमता अभिवृद्धिका लागि पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले सामुदायिक विद्यालयका सहयोगी कार्यकर्ता (सका) लाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले ४० दिने आधारभुत कम्प्युटर तालिमको उद्घाटन गरेका छन् ।
तालिमको उद्घाटन कार्यक्रममा वडाध्यक्ष भण्डारीले कम्युटर सम्बन्धि सामुदायिक विद्यालयका सकाको क्षमता र दक्षता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताए । ‘समयानुसार सकाहरुको क्षमता अभिवृद्धिका लागि वडा नं ४ का ९ जनालाई दिइएको हो’– वडाध्यक्ष भण्डारीले भने ‘सिपले नै मानिसलाई आत्मनिर्भर बनाउंछ, सिप सिकेर आत्मनिर्भर बन्न तालिम उपयोगी हुने छ ।’

कार्यक्रमा नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले तालिममा सहभागीहरुलाई ध्यान दिएर सिक्न आग्रह गरेका छन् । उनले सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा उतार्नुपर्नेमा समेत सहभागीहरुलाई अनुरोध गरेका छन् ।

हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर तालिममा सहभागी हुन पाउँदा सहयोगी कार्यकर्ताहरु उत्साहित बनेका छन् ।
अल ईन वान युनिभर्सल इन्स्टिच्युटको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा उनीहरुले कम्प्युटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अङ्ग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता हासिल गर्ने छन् ।

अल ईन वान युनिभर्सल इन्स्टिच्युटका सञ्चालक पिताम्बर घिमिरेले तालिम सञ्चालन गर्न सहयोग गर्ने वडा नं. ४ लाई विशेष धन्यवाद दिदै तालिममा सहभागीलाई उपलब्धी मूलक सीप विकासका लागि दत्तचित्त भएर तालिम लिन आग्रह गरे । उनले दक्ष जनशक्ति उत्पादन गर्ने गरी तालिम सञ्चालन गरिएकाले तालिमको महत्वलाई आत्मसाथ गर्नु पर्नेमा जोड दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes