पथरीशनिश्चरे नगरभित्रका अति विपन्न नागरिकलाई न्यानो कपडा वितरण - Pahilo Online

पथरीशनिश्चरे नगरभित्रका अति विपन्न नागरिकलाई न्यानो कपडा वितरण

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरस्थित हाम्रो फाउण्डेसन परिवारद्वारा आयोजित कार्यक्रममा गरिव, असाहाय , अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ( ब्ल्याङ्केट ) वितरण गरिएको छ ।

नगरको जाँतेमोडस्थित आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्काले नगरका १० वटै वडाका गरिव, असाहाय तथा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गर्नु भएको हाम्रो फाउण्डेसन परिवार तथा सामाजिक अभियान्ता प्रदीपकुमार राईले जानकारी दिनुभयो ।

उक्त अवसरमा कार्यक्रम संयोजक तथा सामाजिक अभियान्ता राईले वर्षेनी यस्तो कार्यक्रम संचालन गर्दै आईरहेको र आगामी दिनहरुमा पनि जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोहि कार्यक्रममा लाईन्स क्लब अफ पथरी शनिश्चरेका पूर्वअध्यक्ष रोशन बुढाथोकी , समाजसेवी गणेश थक्लुङ् लिम्बु, समाजसेवी ईन्द्रकुमारी काङ्वा, लगायतले अति विपन्न वर्गका असहाय, गरिव , अपाङ्गता भएका तथा जेठ नागरिकहरुलाई जाडोमा न्यानो कपडा- ब्ल्याङ्केट प्रदान गर्नुभएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी सुमन कुरूङ्वाङ्ले गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes