पथरीशनिश्चरे-४ मा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न - Pahilo Online

पथरीशनिश्चरे-४ मा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे -४ , मिलन चाेकस्थित एकल लाेकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । आज शनिबार नगरपालिका अन्तर्गत कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा चन्द्रमा यूवा क्लवको भवनमा आयोजना भएको हो ।

कार्यक्रममा ४ नं वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले प्रमुख अतिथिको तर्फबाट संवोधन गर्दै गीत, संगीत, भाषा र साहित्यलाई जगेर्ना गर्नुपर्ने कुरा बताउनुभएको थियो । उहाँले कला र गलालाई राष्ट्रले सम्मान प्रदान गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो।

१२ जना एकल प्रतिस्पर्धीले भाग लिएको उक्त प्रतियोगितामा प्रथम ,द्वितीय , तृतीय क्रमशः गरिमा मगर , कृपा पोख्रेल र विनिता राईलाई नगद, ट्रफि र प्रमाणपत्र सहितले पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि भण्डारीले विजयी नृत्यांगनाहरुलाई जनही २ हजार , १ हजार तथा ५ सयका दरले पुरस्कार प्रदान गर्नुभएको थियो ।

वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई विशेष सम्मान गरिएको उक्त कार्यक्रममा निर्णायक मण्डलका सदस्यत्रय पवन सुब्बा , चन्द्र तामाङ र अभिषेक मगर , नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई , जनकल्याण आधारभूत विद्यालयका शिक्षिका रामकुमारी राई , बुद्ध माविका शिक्षक भविन्द्र थापा र सरस्वती आधारभूत विद्यालयका शिक्षक तुलसी भट्टराई लगायतको उपस्थिति रहेको थियो । पथरी डान्स सेन्टरका सञ्चालक समेत रहनुभएका रामु विकले कार्यक्रम संचालन गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes