दुव्र्यसनी मुक्त समाज निर्माण गर्दै युवा विपिन गुरुङ - Pahilo Online

दुव्र्यसनी मुक्त समाज निर्माण गर्दै युवा विपिन गुरुङ

writer

पहिलो अनलाइन

पथरी । दुव्र्यसनीमा फसेका स्थानीय युवाहरुलाई दुव्र्यसनी मुक्त बनाई समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन पथरीशनिश्चरे नगरका दुई युवाले सुधार केन्द्र सुरु गरेका छन् । पथरीशनिश्चरे–९ का विपिन गुरुङ र वडा नम्बर १ का मौसम लिम्बुले सपोर्ट पुर्नस्थापना केन्द्र स्थापना गरी दुव्र्यसनीमा फसेका स्थानीय युवाहरुलाई दुव्र्यसनी मुक्त गराउने उदेश्यका साथ अभियान सुरु गरेको हो ।

उनिहरुले वडा नम्बर ७ को मिलन चोकमा मंसिर १ गतेबाट सुरु गरेका छन् । उनिहरुले सुरु गरेकै दिन देखी अहिले सम्म २४ जनाले उपचार तथा परामर्शको लागि सपोर्ट पुर्नस्थापना केन्द्रमा आएर सेवा लिदै छन् । जस मध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् । उनिहरु दुई महिना सम्म फलोअपमा(सम्पर्क)मा ल्याउने गरेको केन्द्र संचालक अध्यक्ष विपिन गुरुङले बताए । पुर्नस्थापना केन्द्रमा बस्नेको विहान ६ बजेदेखी बेलुकी ८ बसेसम्म समय तालिका हुन्छ, त्यही समय तालिका अनुसार उनिहरुको दिन वित्ने गरेको छ ।

एक महिना पुगेपछि परिवारलाई भेटाई दिने र परिवारलाई पनि परामर्श दिने गरेका अर्का संचालक मौसम लिम्बुले बताए । सुधार केन्द्रमा ल्याएको युवाहरुलाई कुट्ने काम भन्दा पनि परामर्शबाट समस्या समाधान गर्दै आएको र सुरक्षाको लागि उनिहरु बस्ने कोठा देखी लिएर भवन वरिपरी ८ वटा सिसि क्यामेराको व्यवस्था गरेको छ ।

उनिहरुले सपोर्ट पुर्नस्थापना केन्द्रमा परामर्शको लागि ४ जना सहजकर्ता राखेका छन् । परामर्शकर्ता लक्ष्मण गुरुङ, प्रतिमा गुरुङ, टिकाराम सिग्देल र पालतेन शेर्पाले दैनिक परामर्श सेवा दिदै आएका छन् । उपचारमा आएका दुव्र्यसनीहरुलाई महिनामा एक पटक डाक्टरको चेकजाँच गरिने गरेको अध्यक्ष गुरुङले बताए । उनिहरुले २८ लाखमा सपोर्ट पुर्नस्थापना केन्द्र(सुधार केन्द्र) सुरु गरेका हुन । आर्थिक आर्जन भन्दा पनि सामाजिक न्यायसहितको सभ्य समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन यस तर्फ लागेको संचालक विपिन गुरुङ बताउँछन् । दुव्र्यसनीमा फसेका युवाहरुको परामर्श तथा उपचारको लागि केन्द्रले तीन महिनाको ५० हजार र डेढ महिनाको ३५ हजार लिने गरेका छन् । डेढ महिना चाही पहिला केन्द्रबाट उपचार पछि घर गएका तर फेरी पनि उपचार तथा परामर्श गर्नुपरेमा लाग्ने खर्च रहेको संचालक बताउँछन् ।

दुव्र्यसनीमा फसेका युवाहरु छन्, उ गरिव छ, तर अभिभावकले सुधार गर्न चाहान्छ भने केन्द्रले त्यस्ता व्यक्तिलाई निःशुल्क पनि सेवा दिने बताए । १७ बर्ष देखी ६० बर्ष सम्मका उमेर समूहलाई सुधार केन्द्रमा राख्ने गरेका छन् । पुर्नस्थापना केन्द्र संचालक विपिन गुरुङ र मौसम लिम्बु पनि यस अघि दुव्र्यसनीमा फसेका युवाहरु हुन । सुुधार केन्द्रमा तीन महिना बसी उपचार पछि उनीहरु दुवै जना सुधार भएका बताउँछन् ।

दुवैजनाले यस अघि एलाइभ फाउण्डेसन पथरी बजारमा संचालन गरी कुलतमा फसेकाहरुलाई परामर्श दिदै आएका थिए । अहिले पनि पथरीको विजुली अफिस छेउमा एलाइभ फाउण्डेसनको कार्यालय रहेको र त्यहाँबाट पनि परार्श दिदै आएको संचालक विपिन गुरुङ बताउँछन् । समाजका कुलतमा फसेका युवाहरुलाई सुधार गरी समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन यो केन्द्र सुरु गरेको संचालक बताउँछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes