दोस्रो मिनि खेलकुद महोत्सव २०७८ सम्पन्न, पुरुष फुटबलको उपाधि एडभान्स क्लवलाई - Pahilo Online

दोस्रो मिनि खेलकुद महोत्सव २०७८ सम्पन्न, पुरुष फुटबलको उपाधि एडभान्स क्लवलाई

writer

सन्तोष राई

सन्तोष राई

माघ ६ चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा आयोजित दोस्रो मिनि खेलकुद महोत्सव २०७८ बुधबार समपन्न भएको छ । महोत्सवको अन्तिम दिन बुधबार पुरूष क्लव स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिताको फाइनल खेलहरु, झाँकी प्रदर्शन र पुरस्कार वितरण गरी समापन गरीएको हो ।

पुरुष फुटबलको उपाधि एडभान्स क्लव मानेभञ्याङले हात पार्यो । तुम्लिङटार स्पोर्टिङ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो । निकै रोचक र प्रतिस्पर्धात्मक फाइनल खेलको दोस्रो हाफको इज्युरी समयमा एडभान्स क्लवले गोल गर्दै उपाधि कब्जा गरेका थिए । खेलको एकमात्र गोलकर्ता मणी राई नायक सावित भए ।

उपाधि संगै एडभान्सले नगद रु.१,०१,१११ साथै ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता तुम्लिङटारले नगद रु.६६,६६६ साथै ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना २ टिमहरु आयोजक किरण ज्योति युवा क्लव र तीन पोखरी समाज विकाश क्लवले नगद रु.२२,२२२/रु.२२,२२२ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सेमिफाइनलमा एडभान्सले आयोजक किरण ज्योति युवा क्लव र तुम्लिङटारले तीन पोखरी समाज विकाश क्लवलाई हराएको थियो ।

विधागत तर्फ उत्कृष्ट फरवार्ड एडभान्सका मणी राई, उत्कृष्ट डिफेन्डर एडभान्सकै उज्वल भण्डारी त्यसैगरी उत्कृष्ट गोररक्षक पनि एडभान्सकै सङ्कोच राई घोषित भएका थिए । उत्कृष्ट मिडफिल्डर तुम्लिङटार स्पोर्टिङका पर्शु राई र सर्वाधिक गोलकर्ता आयोजकका समीर राई घोषित भएका थिए । विधागत पुरस्कार प्राप्त गर्ने सबै खेलाडीले नगद पुरस्कार रु.१००० सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । संखुवासभाका १० मोरङको १ र इलाको १ गरी १२ टिमहरुको सहभागिता रहेको थियो । पुरुष फुटबलको सबै खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमको आधिकारीक फेसबुक पेजबाट गरीएको थियो । २ टिमहरु मात्र सहभागि महिला आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि वाणिविलास मा.वि लुहाकोटले हात पार्यो ।

शारदा मा.वि खराङलाई ट्राइब्रेकरमा पराजित गर्दै वाणिविलासले उपाधि हात पारको थियो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुननसकेपछि ट्राइब्रेकरबाट निर्णय लिइएको थियो । वाणिविलास मा.वि ले उपाधि संगै नगद रु.१०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता शारदा मा.वि खराङले रु.५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

मंगलबार सम्पन्न अन्यखेलहरु खुल्ला महिला दौड प्रतियोगिता २०० मिटरमा प्रथम मझुवाकी संगिता पाण्डे, द्वितिय मझुवाकी शोभा पाण्डे र तृतिय माक्पाकी सपना राई भएका थिए । उनीहरुले क्रमश नगद पुरस्कार रु.२०००, रु.१५०० र रु.१००० सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । महिला ४०० मिटरमा पनि प्रथम संगिता पाण्डे, द्वितिय शोभा पाण्डे र तृतिय दशथरकी संञ्जु अधिकारी भएका थिए । उनीहरुले क्रमश नगद पुरस्कार रु.३०००, रु.२५०० रु.२००० सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । खुल्ला पुरूष दौड प्रतियोगिता ८०० मिटरमा प्रथम तामाफोकका प्रदिप कुमार जिमी, द्वितिय मादीका प्रकाश देवान र तृतिय चैनपुर ११ का प्रकाश राउत भएका थिए । उनीहरुले क्रमश नगद पुरस्कार रु.४०००, रु.३००० र रु.२००० सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

पुरुष १५०० मिटरमा पनि प्रथम प्रदिप कुमार जिमी, द्वितिय इलामका पुजन राई र तृतिय पाँचखपनका खेमराज वि.क भएका थिए । उनीहरुले क्रमश नगद पुरस्कार रु.५०००, रु.४००० र रु.३००० सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । मंगलबार नै भएको हण्डी फोर प्रतियोगितामा कुवापानीका धन बहादुर कटुवालले जितेका थिए । उनले नगद पुरस्कार रु. १५०० सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सोमबार भएको बुद्धिचाल (चेस) प्रतियोगितामा प्रथम श्यामबाबु गौतम, द्वितिय सुदिप शाक्य र तृतिय मधुकर राई भएका थिए । उनीहरुले नगद पुरस्कार क्रमश रु.३०००, रु.२००० र रु.१००० सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । समापनको कार्यक्रममा प्रमुख अतिथि चैनपुर नगरपालिकाका प्रमुख भरत खत्री रहेका थिए । उहाँले शुभकामना मनतव्य दिने क्रममा खेलाडीमा जस्तासुकै खेल कौसल भएता पनि अुनुशासन महत्वपूर्ण रहेको बताएका थिए ।

त्यसैगरी वडा नम्बर १० ले एक सक्रिय अनि होनाहार युवा समाजसेवी पाएको भन्दै आयोजक क्लवका अध्यक्ष सनत कुमार राईको उच्च प्रशंशा गरेका थिए । त्यसैगरी अतिथि चैनपुर १० नं वडाका वडाध्यक्ष तेज बहादुर कटुवालले मनतव्यका क्रममा क्लवको खेलमैदानलाई जिल्लाकै नमुना खेलमैदानको रुपमा विकाश गर्न लागि पर्ने र त्यसमा सबैले साथ दिन पनि अनुरोध गरे ।

त्यसैगरी युवाहरु राष्ट्रको गहना भएको बताउदै खेल, कला र सस्कृति बाट मात्र नभई संगठन र राजनीतिक हिसाबले पनि देश विकाशमा जोडिन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु लगायत बिशिष्ट व्यत्तित्वहरुको पनि उपस्थिति रहेको थियो । समापन कार्यक्रममा क्लवका अध्यक्ष सनत कुमार राईले क्लवको वार्षिक प्रतिवेदन र आगामी योजनाहरु पनि प्रस्तुत गरेका थिए । महोत्सव थप रोचक बनाउन १० नम्बर भित्रका विभिन्न जातजातिका झाँकी पनि देखाइएको थियो ।

सल्लेरीको साकेला, हात्तिसुडेको पञ्चेबाजा, खराङको लाखे नाच र किङरिङको च्याप्प्रुङ पुरुष फुटबल फाइनलको मध्यान्तरको समयमा खेलमैदानमा प्रदर्शन गरीएको थियो । स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ आफ्नो कार्य क्षेत्रभित्रका स्थानीय निकाय र गैर सहकारी संघ संस्थाहरुसँग ऐक्यबद्धता जनाउदै सस्कृति, कला र खेलकुद आदिको क्षेत्रमा विकासका लागि सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्ने । सामाजिक विकास निर्माण, शिक्षा, स्वास्थ, स्थानीय क्षेत्रको युवा एकतालाई मध्यनजर गर्दै खेलकुद क्षेत्रमा विकासलाई निरन्तरता दिने र सम्बन्धित निकायमा आबश्यक पहल गर्ने योजनाको साथ महोत्सव आयोजना गरीएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes