पथरीशनिश्चरे ८ ले बांड्यो बालबालिकालाई न्यानो कपडा - Pahilo Online

पथरीशनिश्चरे ८ ले बांड्यो बालबालिकालाई न्यानो कपडा

writer

पहिलो अनलाइन

 

शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ८ ले वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले विपद व्यवस्थापन अन्तरगत न्यानो कपडा वितरण गरेको हो ।

बाल विकासदेखि माध्यमिक कक्षा सम्मका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष बाबुराम दाहालले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयका प्र.अ. मार्फत् विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको उनले जनाए । वडाध्यक्ष दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताए ।

 

 

वडाभरीका तीनवटा सामुदायिक विद्यँलयका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनको भनाइ छ । वडाले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको दाहालको भनाइ छ ।

वडाध्यक्ष दाहालले १ लाख ५० हजार बजेट विनियोजन गरेर दररेड आह्वान गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिए । वडाका ३ सामुदायिक विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत २७५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । जसमा बुद्ध माध्यमिक विद्यालयमा १२० स्वेटर र टोपी सेट, दुर्गा आधारभुतमा १ सयसेट र मिलन आधारभुतमा ५५ सेट प्रदान गरिएको हो । कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापकलाई संयुक्तरूपमा न्यानो कपडा हस्तान्तरण गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes