गाउँपालिकाद्धारा कालोपत्रेको अनुगमन्, समस्या आएको ठाउँमा पुन कालापत्रे गरिने - Pahilo Online

गाउँपालिकाद्धारा कालोपत्रेको अनुगमन्, समस्या आएको ठाउँमा पुन कालापत्रे गरिने

writer

भोलानाथ भट्टराई

भोलानाथ भट्टराई

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका –६, मुलगाउँ स्थित कृषि सडकमा गरिएको कालोपत्रेमा आएको समस्याको हल गरिने भएको छ । आइतबार गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिको संयोजक राजमती इङ्नाम, प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र ईन्जिनियर रञ्जन निरौला सहितको टोलीले अनुगमन गरेको थिए ।

अनुगमनको टोलीले समस्या आएको स्थानमा कटिङ् गरी पुन पिच गरिने निकर्ष निकालेको छ । उपाध्यक्ष इङ्नामले ठेकेदारले ढिलासुस्ती तथा ठेक्का लागेको ५ महिना पछि सडक कालोपत्रे थाल्ने गरेकोले पनि केही समस्या आएको बताइन् । उनीले कालोपत्रे स्टीमेट अनुसार नै काम हुनु पर्ने बताउँर्दै जनताले चाहे जस्तै काम हुनु पर्ने बताइन् । यही सडकको पिङ्डाडा चोकमा भएको कालोपत्रे पनि यस्तै समस्या आएर ४० मिटर सम्म भत्काएर पुन कालोपत्रे गरेको बताइन् । कालोपत्रे गरिएको सडकमा उप्काउदा बेस सहित सवै उप्किने भएकोले सडक मापदण्ड अनुसार गुणस्तर नै बनेको ईन्जिनियर रञ्जन निरौलाले बताए ।

अनुगमनको क्रममा कालोपत्रेको खनेर नाप जाँच गरेका थिए । नाप्ने क्रममा ठेकेदार कम्पनीले गर्नुपर्ने बेस ६ ईन्च हो तर ७ इन्च सम्म पुगेको र थिकनेस ३० एमएम भन्दा बढी नै रहेको थियो । त्यसैगरी चौडाई ५ मिटर पुगेको थियो । कम्सल भए छुदै बुर्र निस्कने हुन्छ तर त्यस स्थानमा पिच गर्ने वितिकै उप्काएर यस्तो समस्या आएको ईन्जिनियर निरौलाले बताए ।

पुस गते २३ गते निर्माण कम्पनी रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले तत्काल पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको थियो । भोलि पल्ट विहान स्थानीयहरुले खड्ग श्रेष्ठको घरछेउको होमपाइप जडान गरेको ठाउँमा पिच उप्काएकाएर सामाजिक सञ्जालमा हालेका थिए ।

त्यस पछि विभिन्न सञ्चारमाध्यमहरुले समाचार बनाएका थिए । उसबेला स्थानीयले सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताएका थिए । मापदण्ड, गुणस्तरीय काम हुनु पर्ने र उप्किएको ठाउँमा पुन कालोपत्रे गर्नुपर्ने स्थानीयले माग गरेको थियो ।

सडक भत्किएमा सडक निर्माणको काम सम्पन्न भएर ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः र्ममतको काम हुने उपाध्यक्ष इङ्नामले बताए । पौडेल चौकदेखि पिङडाडासम्म १.७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले लिएको छ । संघिय सरकारबाट आएको अनुदान र कानेपोखरीको गाउँपालिको बजेटमा उक्त सडक निर्माण भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes