शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ४ अन्तरगत सम्झनाचोकमा टोल कमिटी गठन भएको छ । आज सोमबार सम्झना चोकमा सम्पन्न टोल भेलाबाट देवबहादुर मगरको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन भएको हो ।
पार्टी प्रदेश कमिटि सदस्य दिनानाथ तिम्सिनाको उपस्थितिमा गठित टोल कमिटीको सचिवमा दलबहादुर न्यौपाने चयन भएका छन् । सदस्यहरुमा गीता खनाल, सिता भुजेल, विनाकुमारी भुजेल, सिता विश्वकर्मा, जुना विश्वकर्मा, हस्तबहादुर गदाल, कुमार मगर रहेका छन् । यसैगरी, अन्य सदस्यहरुमा मुना दर्जी, चन्द्रकला दर्जी, भरत वि.क., नयन राई, विवेक लिम्बू, मनबहादुुर मगर, पवित्रा
लिम्बु, राधिका लिम्बु, नरदेवी राई, कल्पना परियार, चित्रकुमारी विश्वकर्मा, ईन्द्र धिमाल, शान्ति बराइली र जयबहादुर धिमाल रहेका छन् ।
वडा सचिव रविन मगरले सञ्चालन गरेको कार्यक्रममा पार्टी नगर सदस्य राजकुमार विश्वकर्मा, मानबहादुर पौडेली, ध्रुवकुमार बराईली, पार्टी वडाअध्यक्ष धनपाल याक्खालगायतको उपस्थिति रहेको थियो ।