पथरीशनिश्चरेमा हिसान मोरङ्गको वक्तृत्वकला प्रतियोगिता - Pahilo Online

पथरीशनिश्चरेमा हिसान मोरङ्गको वक्तृत्वकला प्रतियोगिता

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे / पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्लेले हिसान मोरङ्गले पथरीशनिश्चरे नगरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर राम्रो काम गरेको प्रशंसा गर्नुभयो । उहाँले आज शुक्रबार नगरस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा उच्च शिक्षा तथा मावि संघ( हिसान) मोरङले आयोजना गरेको जिल्लास्तरीय + २ वक्तृत्वकला प्रतियोगितामा सो कुरा बताउनुभएको हो ।

प्रतियोगितामा भानु मेमोरियल, विराटनगरको रूपेश श्रेष्ठ प्रथम भएका छन् भने द्वितीय शिक्षा सन्देश माविकी दिक्षा कार्की भएकी छिन् । त्यस्तै , शिक्षादीप माविकी सविना गिरीले तृतीय स्थान हासिल गरेकी थिइन् भने सान्त्वना पुरस्कार भानु मेमोरियल, विराटनगरकी निष्ठा बस्नेत, अरनिको माविकी स्निग्धा कोइराला , कान्तिपुर कलेजका निरज चौधरीले प्राप्त गरेका थिए ।

प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथम , द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार स्वरूप ट्रफी , मेडल , प्रमाण पत्र सहित १० हजार , ७ हजार , ५ हजार तथा ३/३ हजार रुपैयाका दरले नगद रकम प्रदान गरिएको थियो । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले , हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल ,हिसान मोरङ्ग अध्यक्ष राजेश कार्की , सोहि कार्यक्रमका संयोजक समेत रहनुभएका।

हिसान मोरङ्गका उपाध्यक्ष टि. एन. तिमिल्सिना समेतले पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा इलाका प्रहरी कार्यालय, पथरीका प्रमुख डिएसपी कृष्ण खड्का , नगर प्याव्सनका अध्यक्ष सुरेन्द्र लिम्बु , एन प्याव्सन पथरीशनिश्चरेका अध्यक्ष थिरप्रसाद आचार्य , पथरी वाणिज्य संघका महासचिव ईश्वर सापकोटा लगायतको उपस्थिति थियो ।

प्रतियोगिताका निर्णय मण्डलमा पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेल , लेटाङ क्याम्पसका उप- प्राध्यापक होमनाथ बराल र उर्लाबारी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक केशव निरौला रहनुभएको थियो । मोरङ हिसान अध्यक्ष राजेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको संचालन हिसान मोरङ्गका सचिव दिनेश दहालले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes