नयाँ गोरेटो साकोसको साधरण सभा सम्पन्न - Pahilo Online

नयाँ गोरेटो साकोसको साधरण सभा सम्पन्न

writer

पहिलो अनलाइन

लेटाङ्ग । उत्तरी मोरङ्गको लेटाङ्ग नगरपालीकालाई सेवा क्षेत्र बनाएर संचालनमा रहेको नयँ गोरेटो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा विविध कार्यक्रम गरी आज शुक्रबार सम्पन्न भएको छ ।

उक्त साधारणसभा लेटाङ्ग ४ स्थित जनसेवा सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो । प्रमुख अतिथी लेटाङ ४ का वडाध्यक्ष सन्तोष कार्की द्वारा उद्घाटन गरीएको सभामा संस्थाका उत्कृष्ट वचत कर्ता , ऋणी , बालबचत कर्ता एवं उत्कृष्ट कर्मचारीहरुलाई नगद एक हजार एवं
कदर पत्र द्वारा सम्मान गरीएको थियो ।

सभामा संस्थाका अध्यक्ष तुलसी कार्कीले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव भिम बहादुर देवानले संस्थाको वार्षिक प्रगती विवरण पेश गरेका थिए । उक्त सभामा उपस्थित विभिन्न अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका संस्थापक अध्यक्ष सुन्दर निरौला , लेटाङ्ग क्याम्पसका पुर्व प्रमुख ऋषिराम निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्दै विभिन्न अतिथिहरुले यस संस्थाले यति छोटो समयमा झण्डै चार करोड हाराहारीको निछेप सँगै कारोबार गर्ने क्षमताको प्रति प्रसंसा गरेका थिए ।

साथै कार्यक्रममा उपस्थित प्रमुख तथा विशिष्ट अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको संस्थाका कार्कक्रम संयोजक सविन अधिकारीले वताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes