फोनिज १ नम्बर प्रदेशको दोस्रो महाधिवशेन पथरीशनिश्चरेमा हुने - Pahilo Online

फोनिज १ नम्बर प्रदेशको दोस्रो महाधिवशेन पथरीशनिश्चरेमा हुने

writer

पहिलो अनलाइन

मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सीन भिजेल रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको हो ।

‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने नाराको साथ दोस्रो प्रादेशिक महाधिवेशन पुस २७ र २८ गते गर्न तयारी अन्तिम चरणमा पुगेको फोनिजको १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले बताउनुभयो । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा संघीय अध्यक्ष डण्ड गुरुङ, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, पत्रकारसँग सम्बन्धित विभिन्न संगठनका प्रदेश समिति अध्यक्षहरु उपस्थित हुने फोनिज प्रदेश महासचिव बिदुर खवासले बताउनु भयो । कार्यक्रममा पथरीशनिश्चरे नगरको प्रथम जाति धिमालको साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगड लगायतको सांस्कृतिक झाँकी प्रदर्शनहुने उपाध्यक्ष फिपराज बेघाले जानकारी दिनुभयो ।

महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थितिहुने आयोजक समितिले जनाएको छ । प्रतिनिधिहरुलाई धिमाल जातिको मौलिक परिकार घोँगी, चिचिरी भात, थारु समुदायको ढकिया(ढिक्री, बगिया) सानो बाम माछा लगायत खुवाउने तयारी भइरहेको अध्यक्ष अर्जुन जम्नेली राईले बताउनुभयो । फोनिजको छतर भेलाले प्रदेशको नाम ‘किरात—लिम्बुवान’ राख्न र रासतालबाट धार्मिक, सांस्कृतिक महत्व बोकेको खुवालुङ अतिक्रमण रोक्न प्रस्ताव परित गर्दै सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश महाधिवेशनमा संगठनको प्रगति विवरण, सांगठानिक र आर्थिक प्रतिवेदनको साथै भावि योजना बारे बृहत छलफल हुने, आदिबासी जनजातिको मुद्धामा कलम चलाउने पत्रकारलाई सम्मान तथा पुरस्कार गर्न १० लाख रकम पु¥याउने गरी अक्षकोषको घोषणा हुने, ‘फोनिज १ नम्बर प्रदेश’ मुखपत्र सार्वजनिक सार्वजनिकको साथै नयाँ नेतृत्व चयनहुने विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा फोनिज संघीय समितिका सचिव कमन देवान, नेपाल पत्रकार महासंघको मोरङ जिल्ला उपाध्यक्ष मोहन भट्टराई, चलचित्र पत्रकार संघको पूर्ब १ नम्बर प्रदेश अध्यक्ष शन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

उदयपुर महाधिवेशनपछि फोनिज प्रदेश समितिले १ नम्बर प्रदेश सरकार, विराटनगर महानगरपालिका, धरान, इटहरी उपमहानगरपालिका, नगर र गाउँपालिकाहरुमा पुगेर नगर क्षेत्रमा काम गर्ने श्रमजीवी पत्रकारहरुको लागि बार्षिक रुपमा ५० हजारदेखि एक लाखसम्मको लेखन वृति दिन र ६५ बर्ष माथिका जेष्ठ पत्रकारहरुलाई महिनाको १० हजारको दरले निर्वाह रकम माग गर्दै आएको वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले आम सञ्चारकर्मीहरुको भौतिक र व्यवसाहिक सुरक्षाको साथै मातृ भाषा पत्रकारिताको विकासमा जोड गर्दै आएको छ । समानुपातिक, समावेशीता, सुशासन, देश, प्रदेशको समृद्धि, संघीय गणतन्त्रको रक्षा र पूर्ण संघीयता नेपाली पत्रकारिताको मिसन रहेको उल्लेख छ । फोनिजले मिडिया हाउसहरुको न्युज रुमदेखि समाचारको बिषयसम्म समानुपातिकहुनु सवाल उठाउदै आएको छ । प्रदेशमा आदिवासी जनजाति पत्रकारको संख्या आठ सय र नेपाल पत्रकार महासंघमा सदस्य रहेको आदिबासी पत्रकार ७०८ रहेको विप्तिमा उल्लेख छ । १ नम्बर प्रदेशमा नेपाल पत्रकार महासंघको साधारण सदस्य एक हजार ६०९ रहेका छन् ।

फोनिज १ नम्बर प्रदेश समिति २०७५ पुसमा इलामको माङ्सेवुङ भेलाबाट गठन भएको थियो । २०७६ साउन ३० र ३१ गते उदयपुरमा प्रथम अधिवेशन भएको थियो । महाधिवेशनपछि तेह्रथुमको छथर गाउँपालिकामा २०७६ फागुन ८—९ र सुनसरीको रामधुनी नगर स्थित रासतालमा २०७७ फागुन २१ र २२ प्रदेश भेला गरेर ११ र १४ पत्रकारिता पेशासँग सम्बन्धित प्रस्तावहरु पारित गरेको थियो । नेपालको सातै प्रदेश ६० जिल्ला र ६ वटा देशहरुमा शाखा संगठनहरु रहेको र सदस्य संख्याको हिसावले फोनिज नेपाल पत्रकार महासंघपछि दोस्रो ठूलो साझा संस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes