पथरी जेसीजको ईतिहासमा पहिलो महिला अध्यक्ष - Pahilo Online

पथरी जेसीजको ईतिहासमा पहिलो महिला अध्यक्ष

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरी जेसीजमा बर्ष २०२२ का लागि अनिता राई९अनु० अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।
सोमबार भएको जेसीजको १० औ अधिवेशनले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । कार्यकारी उपाध्यक्षमा सिताराम दराल, सुबर्ण खत्री, उपाध्यक्षमा एलिना दियाली, निता कुलुङ राई, निर्मला गिरी, सुमन फुयल र सचिवमा उज्जल लकान्द्री सर्वसहमत चयन भएका हुन । जेसीजमा महासचिव लगायतका पदाधिकारी र सदस्यहरु अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था रहेको छ ।


नव निर्वाचित अध्यक्ष अनिता राईले मंगलबार पत्रकार भेटघाटको आयोजना गरी जेसीजले गर्दै आएको नियमित कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता गरेकी छन् ।
अध्यक्ष राईले दुव्यासनी फसेका युवाहरुलाई कुलत छुटाउन कार्यक्रमहरु मार्फत कोसिस गर्ने, बेरोजगार युवा र महिलाहरुलाई उद्यमशीलता बनाउन तामिलको साथमा उपाएहरु ल्याउने बताए । पत्रकार भेटघाट कार्यक्रममा जेसीजको पूर्ब अध्यक्ष मान दियाली लगायतका सदस्यहरु सहभागि रहेका थिए ।
पथरी जेसीजले स्थापना दिवसको अवसरमा खेलकुद, सरसफाइ तथा होलीको अवसरमा सांस्कृतिक कार्यक्रमको गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes