वरिष्ठ गायिका ज्ञानु राणा नझरेका फूलहरू पलेँटी साँझद्वारा सम्मानित - Pahilo Online

वरिष्ठ गायिका ज्ञानु राणा नझरेका फूलहरू पलेँटी साँझद्वारा सम्मानित

writer

पहिलो अनलाइन

विपुल सुवेदी

सुन्दरहरैँचा । वरिष्ठ गायिका ज्ञानु राणा नझरेका फूलहरू कला केन्द्रद्वारा सम्मानित हुनुभएको छ । शनिवार नझरेका फूलहरु कला केन्द्रद्वारा आयोजित ज्ञानु राणा पलेँटी साँझ २०७८ को आयोजना गरि उहाँलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

अति नै सरल मिजासीली र हसिलो चेहराकी धनी ७० वर्षिया राणाले जीवनको लामो समय नेपाली गीतसंगीत क्षेत्रमा अनवरत रुपमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले बताउनुभयो । नेपाली गीतसंगीतको क्षेत्रमा ख्यातीप्राप्त सर्जकहरुलाई जीवित रहँदा नै सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको यो २७ औँ संस्करण हो । स्वर, सङ्गीत, गायन संगसंगै भाषा, कला, र साहित्य मार्फत राष्ट्रमा अतुलनीय योगदान पु¥याउनु हुने श्रष्टालाई सम्मान गर्ने कार्यक्रम नझरेका फूलहरुले सर्जकलाई नीधि, गरिमा र पहिचानका रुपमा निरन्तर सम्मान गर्दै आएको समेत घिमिरेले जानकारी दिनुभयो ।

गायिका राणाले नेपाली लोकगीत,आधुनिक गीत,चलचित्रका गीत, स्वदेशगान तथा हिन्दी गीतहरू गरि करिब ४ हजार भन्दा बढी गीतहरुमा आवाज दिनुभएको छ । उहाँले ४ सय भन्दा धेरै नेपाली भजन तथा आध्यात्मिक गीत र एक दर्जन बढी बालगीतहरू गाउनु भएको छ । सम्मान पछि बोल्दै गायिका राणाले जीवनमा पाएको सफलता र प्राप्त सम्मानहरुको श्रेय आफ्ना पिता जनकवि केशरी धर्मराज थापा, आमा सावित्रि थापा र नेपाली श्रोता तथा दर्शकहरुको भएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले राष्ट्रले गर्नुपर्ने सम्मान एउटा ब्यक्ति र संस्थाले गरेकोमा आयोजकलाई आभार व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा उहाँले एक दर्जन बढी गीत तथा भजन गाएर श्रोता तथा दर्शकलाई मोहित पार्नुभयो । ७० वर्षको पाको उमेरमा पनि २०३० सालतिर उहाँले गाउनु भएका गीतहरू अझै पनि उस्तै सुनिन्थे स्वरमा जादु नै भए जस्तो । कार्यक्रममा सिरीमा सिरी नि कान्छा बतासै चल्यो…., च्याङ्वा होई च्याङ्वा सुन सुन होई च्याङवा, कसैले बुझेन मेरो मनको बहलाई…., मान्छेको माया यहाँ खोलाको पानी जस्तो….,चौतारीमा मै बसे होला की…..,भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै …, धानको बाला…, राम साइँला लगायत थुप्रै गीतहरुमा पस्कनु भएको थियो । दर्शक तथा श्रोताले पनि मन्त्र मुग्ध भएर सुनेर साथ दिएका थिए । कतिपय दर्शक त स्टेज अगाडी नै आएर नाच्न सम्म भ्याए । त्यस्तै गायक दुर्गा पराजुलीले मेरो टोपी हिमालको शिर जस्तो …,नेपाललाई माया मारे नेपालीले…, मार्सि चामल लगायत गीतहरू प्रस्तुत गरेर दर्शक तथा श्रोतलाई मनोरन्जन दिलाउनु भएको थियो ।

त्यस्तै गायिका पम्फा चाहारले गैरी खेतको शिरै हान्यो…,उकाली ओराली हरुमा…,हिन्दी गीतहरु दिल दिवाना, लगजा गले लगायतका गीतहरु प्रस्तुत गरि मनोरन्जन दिलाउनु् भएको थियो । कार्यक्रमको व्यवस्थापनमा लामिछाने थापा कुल प्रतिष्ठान नेपाल सुन्दरहरैँचा मोरङ, लामिछाने क्षत्री समाज नेपाल क्षेत्रीय समिति पूर्व क्षेत्र र लामिछाने क्षत्री कुल पूजा समिति सुन्दरहरैँचा रहेको थियो भने सह–आयोजकमा एकता युवा क्लब रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes