जनता आवास कार्यक्रमः पथरीशनिश्चरेमा घर बनाउन सुरु - Pahilo Online

जनता आवास कार्यक्रमः पथरीशनिश्चरेमा घर बनाउन सुरु

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउन थालिएको छ । जनता आवास कार्यक्रम अन्तरगत पथरीशनिश्चरे नगरमा पहिलोपटक वडा नं. ४ को पासवान टोलमा घर बनाउन लागिएको हो ।

पथरीशनिश्चरे ४ को पासवान टोलमा बनाइने घरको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले शिलान्यास गरी घर निर्माण कार्य थालिएको छ । पासवान टोलमा १७ घर दलित परिवारको घर निर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष भागवत पासवानले जानकारी दिए ।

पथरीशनिश्चरे नगरपालिका भरी भने ४६ वटा घर बनाउने तयारी गरिएको छ । लाभग्राही एक वर्षअघि नै छनौट भएका थिए ।

कोभिड महामारीका कारण निर्माणको काम सुरु गर्न ढिलाई भएको कार्यक्रम कार्यान्वयन इकाई कार्यालय विराटनगरले जनाएको छ । आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने छ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामग्री उपलब्ध गराएर १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने व्यवस्था रहेको वडाध्यक्ष भण्डारीले बताए ।

उक्त रकमबाट २ कोठाको आवास र रिङ हालेको चर्पी बनाउनुपर्नेछ । प्रदेश १ सरकारले ‘जनता आवास कार्यक्रम’ मा तराई मधेसका पासवान, डोम, मुसहर, मेस्तर र हलखोर जातिलाई प्रथामिकता दिने बताउँदै आएको छ ।

१० जना लाभग्राही भएको बस्तीमा निर्माण समिति गठन गर्नुपर्ने तर छरिएर रहेको अवस्थामा भवन कार्यालय वा कार्यान्वयन इकाई कार्यालयले लाभग्राहीसंग सिधै सम्झौता गरेर काम गराउन सक्ने व्यवस्था कार्यविधिमा छ ।

दलित विपन्न जनतालाई पक्की आवास दिने लक्ष्यका साथ ल्याइएको जनता आवास कार्यक्रमको प्रगति भने वितगदेखि नै सन्तोषजनक छैन । प्रदेश १ मै कार्यक्रम कार्यान्वयनको अवस्था कमजोर छ । छनौटमा परेका लाभग्राहीले पक्की घर बन्ने आशमा फुसको घर भत्काउंदा विचल्लीमा परेका उदाहरण थुप्रै भेटिन्छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes