माओवादी केन्द्र प्रदेश १ को सचिवमा गणेश उप्रेतीलाई सर्वसम्त बनाउने प्रयास - Pahilo Online

माओवादी केन्द्र प्रदेश १ को सचिवमा गणेश उप्रेतीलाई सर्वसम्त बनाउने प्रयास

writer

पहिलो अनलाइन

मोरङ । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्ष छनोटका लागि निर्वाचनको तयारी भएको छ । वाग्मती प्रदेशमा नेतृत्वका लागि निर्वाचन भएपछि प्रदेश १ मा पनि निर्वाचनको तयारी भएको हो ।

प्रदेश १ मा पदाधिकारीको टुङ्गो लगाउन कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि माओवादी केन्द्र प्रदेश १ का केन्द्रीय सदस्यहरूको बैठक आज (मंगलबार) बस्दै छ । बैठकले सर्वसम्मत नभए निर्वाचनको बाटो खोलिदिनेछ । अध्यक्षको मुख्य दाबेदारको रुपमा सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङबो र पाँचथरका हर्कबहादुर लावती मुख्य दाबेदार छन् । तीमध्ये डाँगी र लावतीबीच निर्वाचन हुने सम्भावना छ ।

अध्यक्षमा निर्वाचन गरे पनि सचिवमा गणेश उप्रेतीलाई सर्वसम्मत बनाउने केन्द्रीय सदस्य र कार्यदलको तयारी छ । मोरङ संयोजक रहेका उप्रेतीलाई सचिव बनाउन तीनवटै अध्यक्षका दाबेदार तयार छन् । मोरङबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरूले पनि सचिवमा उप्रेतीलाई लैजानुपर्ने माग गरेका छन् ।

सचिवमा गणेश उप्रेती, ओखलढुङ्गाका मोहनकुमार खड्का, सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुङ्गानाले दाबेदारी प्रस्तुत गरेका छन् । अध्यक्षमा निर्वाचन भए पनि सचिवलाई सर्वसम्मत गराउँदा पार्टीभित्र विवाद देखिए सामधान गर्नसक्ने नेताहरू बताउँछन् ।

‘निर्वाचन भए उप्रेतीले जित्छन्, तर सर्वसम्मत गराउने प्रयास भइरहेको छ,’ कार्यदल स्रोतले भन्यो, ‘अध्यक्षका लागि निर्वाचन हुने सम्भावना प्रवल छ, सचिवलाई सर्वसम्मत बनाउँदा पार्टीमा विवाद देखिए निष्पक्ष रूपमा सामधान गर्न सक्छन् ।’
उप्रेतीले आफू सचिवको दाबेदार रहेको बताए ।

२०५३ सालदेखि अखिल क्रान्तिकारीको सम्पर्कमा आएका उप्रेतीले ०५४ सालमा माओवादी पार्टीको सदस्यता लिएका थिए । २०५५ सालमा पहिलो इलाम जिल्ला सम्मेलनबाट उनी विद्यार्थीको सचिवमा निर्वाचित भए ।

२०५६ सालमा गिरफ्तारीमा परेका उप्रेती २०५८ सम्म जेल परेका थिए । जेलबाट छुटेपछि २०५९ सालमा इलाम माओवादीको जिल्ला सचिव बनेका उनी २०६० मा भूमिगत ढङ्गले निकालेको माओवादीको मुखपत्र जनविद्रोह दैनिकको प्रधानसम्पादक र सोही पार्टी कमिटीको इन्चार्ज भएका थिए । त्यसपछि उनी मोरङको पार्टी इन्चार्ज भएका थिए । लेखन, साहित्य र वैचारिक बहसमा रुचि राख्ने उप्रेतीको एउटा कथासङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes