देश परिर्वतनको जिम्मा शिक्षकको काधमाः राष्ट्रियसभा सदस्य अछामी - Pahilo Online

देश परिर्वतनको जिम्मा शिक्षकको काधमाः राष्ट्रियसभा सदस्य अछामी

writer

रामकुमारी राई

पथरी । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीले देश परिर्वतनको जिम्मा शिक्षकको काधमा आएको बताएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठन मोरङले शनिबार बांसेचौरीमा आयोजना गरेको प्रशिक्षण एवं वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको शैक्षिक आन्दोलनमा शिक्षकको भुमिका महत्वपूर्ण रहेको भन्दै शिक्षकका समस्यालाई निकास दिन देशभरका शिक्षकले सरकारलाई दवाब दिनु पर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा माओवादी केन्द्र प्रदेश सदस्य एवं जिल्ला सह–ईञ्चार्ज कुलप्रसाद सांवा कुशलले विद्यालयमा देखिएको बेथिति अन्त्य गर्न पार्टी क्रियाशील रहेको बताए । त्यसका लागि शिक्षक, विद्यार्थी दुवैमा देखिएको छाडापनको अन्त्य हुन जरुरी भएको उनले औंल्याए । शिक्षक, विद्यार्थी एवं अभिभावकको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन सके मात्र विद्यार्थीहरुको सिकाइ उपलब्धि बढ्ने उनको धारणा थियो ।


उक्त अवसरमा बोल्दै विशिष्ट अतिथि राष्ट्रिय नेपल शिक्षक महासंघ केन्द्रीय उपमहासचिव दिनानाथ तिम्सिनाले विद्यालयका हरेक गतिविधिमा शिक्षक चनाखो हुनुपर्ने बताए । विद्यालयको आर्थिक स्रोत व्यवस्थापन, भौतिक निर्माण एवं बालबालिकाको अवस्थाबारे नियमित जानकारी, निगरानी र खबरदारी भए मात्र लक्ष्य अनुरुपको उपलब्धि प्राप्त हुने उनको भनाइ थियो । तिम्सिनाले अबको शिक्षा जीवन उपयोगी र व्यवहारिक हुनुपर्ने भन्दै शिक्षणको क्रममा बिद्यार्थीहरुमा आलोचनात्मक सिपको विकास गराउन सके बिद्यार्थीहरुको सिर्जनशिलता बढ्ने उल्लेख गरे । उनले शिक्षकहरुलाई आफ्नो पेशाप्रति सधै कर्मठ र उर्जाशिल भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर १ का उपाध्यक्ष डिल्ली खतिवडाले सरकारले शिक्षकहरुको मागलाई वेवास्ता गरेको बताए । खतिवडाले गाँउ गाँउमा युएण्टोमा आवद्ध शिक्षकहरुलाई स्थानीय सरकारले पेलेको बताउदै युएण्टोमा आवद्ध शिक्षकहरुले अब डराएर बस्न नहुने बताए ।

युएण्टोका मोरङ जिल्ला अध्यक्ष शम्भु राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा युएण्टो केन्द्रीय सदस्य भुमिका बुर्जामगर लगायतले मन्तब्य राखेका थिए भनें पथरीशनिश्चरे नगर पार्टी अध्यक्ष चेतन दाहाल, उपाध्यक्ष गोविन्द कटुवाल, सहसचिव रविन राई, वाइसिएल जिल्ला उपाध्यक्ष सुमन वनेम, मिक्लाजुङ गाउंपार्टी अध्यक्ष उमेश रार्ई, उर्लाबारी नगर पार्टी ईञ्चार्ज प्रवेश धिमाल, बेलबारी नगर पार्टी अध्यक्ष पर्शुराम सुबेदी, सुनवर्सी नगर पार्टी ईञ्चार्च श्रवण कुमार राजवंशी, सुनवर्सी नगर पार्टी अध्क्ष जयन्तकुमार दासलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन युएण्टो जिल्ला सचिव बुद्धि अधिकारीले गरेका थिए भनें स्वागत मन्तव्य जिल्ला वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए ।
कार्यक्रममा युएण्टो जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरु र विभिन्न नगर कमिटीका पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes