बालाश्रमको सहयोगमा सांगितीक कार्यक्रम - Pahilo Online

बालाश्रमको सहयोगमा सांगितीक कार्यक्रम

writer

पहिलो अनलाइन

भूमिप्रसाद पाठक

पथरी शनिश्चरे, मंसिर २२ गते । दमकको गोर्खा डिपार्टमेण्टअघि आमा सन्तति नेपाल, बालाश्रमको सहयोगमा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्टको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको दीप प्रज्ज्वल पूज्य माता देवमाया राईंले गर्नुभएको थियो । दमक नपा वडा नं. ७ वडाध्यक्ष भीमबहादुर पौडेल विशिष्ट अतिथि रहनुभएको थियो भने सो कार्यक्रममा माङखेसेबुङ विजेता चोत्लुङ केदेमले कार्यक्रम प्रस्तुति दिएका थिए ।

यसमा दोस्रो हुन सफल दिलमाया लिम्बू, मोडल तथा नृत्य निर्देशक अनिश लिम्बू, हाँस्य कलाकार आशिष दाहाल फट्याङ्ग्रेलगायत थुप्रै कलाकर्मीहरूले हाँस्य प्रस्तुतिहरू पस्किएका थिए । यसको मुख्य आकर्षक नेपाली ताराका विजेता एवम् राष्ट्रिय गायक दीपक लिम्बूले आफ्ना आधा दर्जन गीतमार्फत दर्शक एवम् स्रोताहरूको मन जितेका थिए ।

कार्यक्रमको आयोजक आमा सन्तति नेपाल बालाश्रम गौरादह – १ झापा र प्रायोजक वल्र्ड लिंक कम्युनिकेशन प्रालि दमक झापाले गरेको थियो । बालाश्रम सञ्चालिका मीरादेवी राईंले गरेकी थिइन् । स्थानीय गायक नन्दु गुरुङको सुमधुर गीतले पनि कार्यक्रमको ओज बढाएको थियो । पथरी शनिश्चरेको स्थानीय पत्रिका क्रेजी डटकम र कुरकुरे डटकम मिडिया पार्टनरको भूमिकामा रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes