रेडियो सुसेली तथा सुधांशु साकोषको अध्यक्षमा खड्का सर्वसम्मत निर्वाचित - Pahilo Online

रेडियो सुसेली तथा सुधांशु साकोषको अध्यक्षमा खड्का सर्वसम्मत निर्वाचित

writer

विपुल सुवेदी

विपुल सुवेदी

सुन्दरहरैँचा । एकता मिडिया प्रा.लि. जनमनको बोली रेडियो सुसेली १०६.३ मेघाहर्ज तथा सुधांशु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमेश खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

मंगलबार (आज) इन्द्रपुर जेसिजको भवनमा सम्पन्न ११औँ तथा सहकारीको ९औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा नवराज चापागाई, सदस्यहरुमा क्रमश केशव अधिकारी, टीकाप्रसाद कट्टेल, ललितबहादुर श्रेष्ठ, नगेन्दप्र्रसाद दाहाल, कृष्णप्रसाद रिजाल, सन्तोष बान्तवा, राजाबाबु सुंवार, नीरु बजगाई र सदस्य सचिवमा बाबुराम निरौला चयन हुनुभएको हो । अधिकारी, दाहाल, रिजाल र एक मात्र महिला सदस्य नीरु बजगाई कार्य समितिमा नयाँ आउनु भएको हो ।

त्यस्तै संस्थाको लेखा समिति संयोजकमा सूर्य अधिकारी, निरोज गुरागाई र भुवन ढकाल निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकारीहरुको घोषणा कार्यक्रममा निर्वाचन समिति संयोजक रामप्रसाद गजुरेलले ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समितिमा सर्वसम्मत रुपमा नेतृत्व निर्वाचित भएको घोषणा गर्नुभयो । नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिलाई आज नै संयोजक गजुरेलले सपथ ग्रहण गराउनु भएको छ । निर्वाचन समितिको सदस्यमा कोमलप्रसाद लुइटेल र कृष्णप्रसाद ओझा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझाले नगरपालिकामा रहेको एक मात्र सञ्चार माध्यमको संरक्षण तथा नगरको पहिचानका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले रेडियोको शेयर सदस्य आफु पनि भएको भन्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले स्थानीय सरकारले स्थानीय मिडिया प्रवद्र्धनमा नगरले सहयोग गरिहरको साथै आगामी दिनमा पनि नगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले नगरको एक मात्र गहनाको रुपमा रहेको रेडियोको विकासका निम्ति आफू पनि शेयर सदस्य भएको र अरु सदस्यहरुलाई पनि यसको इस्थायित्वका निम्ति लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि तथा उपप्रमुख धनमाया तामाङले रेडियो संगसंगै नगरमा एउटा पत्रिका प्रकाशन गर्ने अवधारण अधि वढाउन आवश्यक रहेको बताउनुभयो । रेडियोका संस्थापक अध्यक्ष भोलेश्वर दुलालले सुन्दरहरैँचाको पहिचानको निम्ति यस क्षेत्रमा रेडियोको आवश्यक देखर संचालनमा ल्याएको बताउनुभयो । अहिलेको समयमा मिडिया क्षेत्र धरासायी बन्दै गएको हुँदा नगरको पहिचानका निम्ति भएपनि यसको प्रवद्र्धनतर्फ लाग्नुर्नेमा समेत उहाँको जोड थियो । साथै उहाँले कर्मचारी व्यवस्थापनले गरेको कामको उच्च मुल्याङकन गर्दै धन्यवाद दिनुभयो ।

वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले ठुला मिडियामा स्थान नपाएका साना साना समाचार तथा सूचनालाई रेडियो भरपर्दो र किफायति संचारको साधन भएको बताउनुभयो । साथै अहिलेको समयामा रेडियो टिकाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संचालक समितिका अध्यक्ष रमेश खड्काले आ.व. २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक रेवन्त कार्कीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उत्कृष्ट कर्मचारी ढुंगानालाई सम्मान

समारोहमा व्यवस्थापक खडानन्द ढुंगानालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझा, विशिष्ट अथिति नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगद ५ हजार १ सय सहित दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो । उहाँले व्यवस्थापनमा रहेर आफनो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको र रेडियोलाई पु¥याएको योगदानको कदर गर्दै उहाँलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । कार्यक्रममा शेयर सदस्य, अन्य मिडियाकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन संस्थाका संचालक समिति सदस्य सन्तोष बान्तावाले गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes