मुख्यमन्त्री राईले गरे तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण - Pahilo Online

मुख्यमन्त्री राईले गरे तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेका बामपन्थी अगुवा तथा अग्रज समाजसेवी तिलक वान्तवा राईको स्मृतिमा प्रकाशित पुस्तकको विहीवार १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले लोकार्पण गरेका छन् ।

तिलक वान्तवा राई स्मृति ग्रन्थ नामक पुस्तकको लोकार्पणपछि बोल्दै मुख्यमन्त्री राईले समाज रुपान्तरणका लागि राजनीतिक र सामाजिक रुपमा सक्रिय राईको योगदान ज्यादै महत्वपूर्ण भएको जनाउँदै उनको योगदानलाई पुस्तकमा समेटिएकोमा खुसी व्यक्त गरेका छन् । राईको राजनीतिक योगदानका विषयमा डा. देउमान सम्वाहाम्फे र सामाजिक योगदानका विषयमा डा. मोहन तुम्वाहाङले बोलेका छन् ।

प्रस्तावित रुपमा तिलक वान्तवा राई स्मृति प्रतिष्ठान खडा भएपनि त्यसको विधान तयार गरी प्रतिष्ठानलाई दर्ता गर्दै पूर्णता दिन बाँकी रहेकाले हाल परिवारको खर्चमा धर्मपत्नी विष्णुुकुमारी राई प्रकाशक रहेर ३ सय १६ पृष्ठको पुस्तक प्रकाशित भएको छ । पुस्तकमा राईका राजनीतिक, सामाजिक, सहकारी सहितका विविध क्षेत्रको योगदानका बारेमा १ सय २५ जनाको लेख रचना समावेश गरिएको छ ।

वि.सं. २०११ साल कार्तिक १२ गते जिल्लाको तात्कालिन टाँडी गाउँ पञ्चायतमा जन्मिएका राईको कोरोना भाइरसको संक्रमणका कारण ०७७ मंसिर ९ गते निधन भएको थियो । प्रथम पुण्यस्मृतिको सन्दर्भ पारेर पुस्तक लोकापर्ण गर्दै उत्तरपूर्वी मोरङका अगुवा जुझारु व्यक्तित्व राईको योगदानलाई अमर बनाउने काम भएको संविधानसभा सदस्य चण्डीप्रसाद राईले बताए । उनी प्रजातन्त्रको पुनर्वहालीपछि ०४९ सालमा एमालेबाट पहिलो पटक पथरी गाविसको पहिलो गाविस अध्यक्ष निर्वाचित भए ।

०५४ मा स्थापना भएको नगरको पहिलो सहकारी मनकामनाका पहिलो अध्यक्ष भएर २ दर्जन बढी सामाजिक संघ संस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes