माओवादी केन्द्र पथरीशनिश्चरेमा १० वटै वडा कमिटी सर्वसम्मत - Pahilo Online

माओवादी केन्द्र पथरीशनिश्चरेमा १० वटै वडा कमिटी सर्वसम्मत

writer

पहिलो अनलाइन

पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेमा आज (शनिबार) सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ । दश वटै वडा अधिवेशनमा पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

पथरीशनिश्चरे वडा नं. १ मा युवराज चम्लागाईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको छ । यस्तै वडा नं. २ मा थवराज आचार्यको अध्यक्षतामा कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्ष्मा पदम खड्का, सचिवमा जीवनकुमार अधिकारी, सह–सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्ष शान्तिदेवी घिमिरे निर्विरोध निर्वाचित भएका छन् । वडा नं. ३ मा अध्यक्षमा टंक पराजुली, सचिबमा मनोरथ भण्डारी लगायत २९ सदस्यीय समिति गठन भएको छ । वडा नं. ४ मा धनपाल याक्खाको अध्यक्षतामा उपाध्यक्ष वीरबहादुर कार्की, सचिव रविन मगर, सह–सचिव जसकुमार कुलुङ र कोषाध्यक्षमा लक्ष्मि भट्टराई निर्वाचित भएका छन् । वडा नं. ५ को अध्यक्षमा रिजमान मियां, उपाध्यक्ष छविलाल चौधरी, सचिव लेखनाथ लुइटेल, सह–सचिव कृष्णबहादुर भुजेल र कोषाध्यक्षमा शुशिला मगर चयन भएका छन् ।


यसैगरी, पथरीशनिश्चरे वडा नं. ६ को अध्यक्षमा डिल्लीराम चौलागाई चयन भएका छन् । यसअघि नै सम्पन्न भएको भेलाबाट वडा सचिवमा जयराम कविरथ चयन भएका छन् । वडा नं. ७ को अध्यक्षमा मोहन नेम्बाङ, उपाध्यक्ष देउमाया राई, सचिव टिकाराम सुवेदी, सह– सचिव राकेश राई र कोषध्यक्ष समिता तामाङ निर्वाचित भएका छन् । वडा नं. ८ को अध्यक्षमा अनिल खजुम, उपाध्यक्ष मनोज देवान, सचिव श्याम कटुवाल, सह–सचिव भुमिराज अधिकारी र कोषाध्यक्ष दुर्गादेबी घिमिरे चयन भएका छन् ।

वडा नं. ९ को अध्यक्षमा ईश्वर चौहान, उपाध्यक्षमा हरिकुमार शेर्मा, सचिवमा नरेश ठटाल, सह–सचिवमा जमुना सम्बाहाम्फे र कोषाध्यक्षमा रचना मोते सर्वसम्मत चयन भएका हुन् । यसैगरी वडा नं. १० मा अध्यक्ष पदम बहादुर गुरुङ, उपाध्यक्ष सीता रसाइली, सचिव राजकुमार बिष्ट, सह–सचिव मेघनाथ मिश्र र कोषाध्यक्ष देवीमाया राई चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार देशभर वडा सम्मेलनहरु भएका छन् । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अनुसार देशभरका ६ हजार ७४३ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

यसैगरी, मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।

माओवादी केन्द्रले नेतृत्व चयनका सन्दर्भमा सकेसम्म सर्वसम्मत गर्ने नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने नीति लिएको छ ।

मा प्रकाशित

2 thoughts on “माओवादी केन्द्र पथरीशनिश्चरेमा १० वटै वडा कमिटी सर्वसम्मत

  1. निर्बाचित सबैलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना !!!

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes